ममताको चेतावनी- बंगालमा आगो लगाए दिल्ली पनि जल्नेछ, मोदीको कुर्सी हल्लाउँछौँ « Khabarhub

ममताको चेतावनी- बंगालमा आगो लगाए दिल्ली पनि जल्नेछ, मोदीको कुर्सी हल्लाउँछौँ


१२ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


996
Shares
  • change font
  • change font
  • change font

कोलकाता- कोलकातामा प्रशिक्षार्थी डाक्टरको बलात्कारपछि भएको हत्यालाई लिएर समग्र भातरकै राजनीति गर्माएको छ ।

डाक्टरलाई अस्पतालमै बलात्कारपछि हत्या प्रकरणलाई लिएर भारतीय जनता पार्टीले निरन्तर घेर्ने प्रयासलाई मुख्यमन्त्री ममता बेनर्जीले तोड्ने कोसिस गरिरहेकी छन् ।

यो प्रकरणपछि राजनीतिक दल एक-अर्कालागि आरोप मात्रै लगाइरहेका छैनन्, धाक-धम्कीकै तहमा उत्रिएका छन् ।

भाजपाले गरेको पश्चिमबंगाल बन्द र अनेक आरोपका कारण भड्किएकी मुख्यमन्त्री ममता बनर्जीले चेतावनी दिँदै भनेकी छन्, ‘याद राख, यदि बंगाल जल्यो भने असम, बिहार, झारण्ड, ओडिशा र दिल्ली पनि बाँकी रहने छैन।’

ममता बनर्जीले कोलकाताको एक र्‍यालीमा केन्द्र सरकार र भाजपामाथि निशाना साँधिन् । ‘केही मानिस आफ्नो पार्टीको मद्दतले बंगालमा आगो लगाइरहेका छन् । वातावरण बिथोलिरहेका छन् । याद राख… बंगालमा यदि आगो लगायौ भने असम पनि बँच्ने छैन । बंगाल यदि जल्यो भने असम, बिहार, झारखण्ड, उत्तरप्रदेश, ओडिशा र दिल्ली पनि जल्ने छ । उत्तर-पूर्व चुप बस्ने छैन । उत्तर प्रदेश र बिहार पनि मौन रहने छैन ।’

नरेन्द्र मोदी नेतृत्वको केन्द्र सरकारमाथि बनर्जीले कडा आरोप लगाइन् । ‘बंगालका गरिबहरू ढाकी, धामसा मादोल, आदिवासी नृत्य, लोक शिल्पी र बाउल (विशेष बाजा) ले रोजगारी गर्छन्। यसबाट उनीहरूको घर चल्छ । तर केन्द्र सरकारले यिनलाई बन्द गरेको थियो, यो हामी हुन दिँदैनौँ । हामी प्रधानमन्त्रीकै कुर्सी हल्लाइदिन तयार छौँ ।’

ममताले बंगाल र बंगलादेशको संस्कृति एक भएको बताइन् । उनले बंगाललाई बंगलादेश सम्झिएर चिढ्याउन खोजेमा, आगो लगाउन खोजेमा पूरै देशमा आगो लाग्न पनि चेतावनी दिइन् ।

प्रकाशित मिति : १२ भाद्र २०८१, बुधबार  ७ : ३३ बजे

नेप्से परिसूचक १४ अंकले बढ्यो

काठमाडौं– यो साताको कारोबारको अन्तिम दिन आज नेपाल स्टक एक्सचेञ्ज

भेनेजुएलाका पूर्वराष्ट्रपति मादुरो अदालतमा उपस्थित हुँदै

न्यूयोर्क- भेनेजुएलाका पूर्वराष्ट्रपति निकोलस मादुरो अमेरिकास्थित अदालतमा उपस्थित हुने भएका

थप शपथ लिँदै ज्ञानेन्द्र शाहीले भने- नष्ट हुन्छु, भ्रष्ट हुन्न

काठमाडौं–  राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले देश

संस्कृतिकर्मी श्रेष्ठलाई ‘सूर्यनारायण पुरस्कार’

म्याग्दी– म्याग्दीका संस्कृतिकर्मी सञ्जयकुमार श्रेष्ठलाई ‘सूर्यनारायण पुरस्कार’ प्रदान गरिएको छ

शपथपछि रास्वपाको व्यस्तता : ४ बजे केन्द्रीय समिति, ५ बजे संसदीय दलको बैठक

काठमाडौं–  नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको शपथ ग्रहण सम्पन्न भएपछि राष्ट्रिय