प्रकाशको घरमा पुगे षडानन्दका मेयर : नागरिकता बनाइदिने, झाँक्री बाको उपचारमा सघाउने « Khabarhub

प्रकाशको घरमा पुगे षडानन्दका मेयर : नागरिकता बनाइदिने, झाँक्री बाको उपचारमा सघाउने


१२ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

भोजपुर- ‘हेर्ने कथा’ले गोरखामा वर्षौँदेखि गोठालो बन्न विवश भोजपुरका प्रकाश तामाङको कथा ल्याएपछि अहिले देशव्यापी चर्चाको विषय बनेको छ ।

भोजपुरको षडानन्द गाउँपालिका १० निवासी प्रकाशको कथा आएसँगै उनलाई सहयोग गर्ने सरकारी निकाय र जनप्रतिनिधिहरू निस्किरहेका छन् ।

यसैक्रममा भोजपुरको षडानन्द गाउँपालिकाका मेयर सुरेन्द्र उदासले प्रकाशका बाबुआमालाई भेटेर सकेजति सहयोग गर्ने बचन दिएका छन् ।

‘प्रकाशका बुवाआमालाई भेट्यौँ । छोराको बियोगमा ३३ वर्ष छटपटिएको परिवारमा खुसीयाली छाएको छ’, उनले भनेका छन्, ‘यो घरमा खुसी भित्र्याउने हेर्ने कथा र विद्या चापागाईंसहितलाई धन्यवाद !’

मेयर उदासले प्रकाशको परिवारमा समस्याका चाङ रहेको बताएका छन् । ‘सुकुम्बासी र गरिबीको पीडा देख्यौँ । जीविकोपार्जनका लागि छोरो फेरि पनि आमा बासँग बिदा भइ जानुपरेको अवस्था पनि विद्यमान छ । प्रकाश तामाङसँग फोन सम्पर्क भयो । उहाँको नागरिकता बनाउने तीव्र इच्छा पूरा हुने विश्वास दिलायौँ ।’

उनले अब प्रकाश गोरखाबाट चार/पाँच दिनमा गोरखाको छेकम्पारबाट नागरिकता बनाउन घर आउने आफूलाई बताएको सुनाए । ‘उहाँको नागरिकता बन्छ । धेरै लामो समय वियोगान्त जीवन ब्यतित गरेर पनि फेरि कामकै सिलसिलामा घर छोड्नुपर्ने प्रकाशको बाध्यतालाई नजिकबाट बुझ्यौँ’, उनले भनेका छन्, ‘उहाँ र उहाँको परिवारको जीविकोपार्जन र बासस्थानको ब्यवस्थापन र बुवा झाँक्री बाको उपचारमा नगरपालिकाले सहयोग गर्ने छ ।’

 

प्रकाशित मिति : १२ भाद्र २०८१, बुधबार  ८ : १९ बजे

रुपन्देहीमा निर्वाचनको तयारी पूरा

लुम्बिनी– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ  । गत

मध्यपूर्व तनाव : त्रिभुवन विमानस्थल आइतबार पनि अस्तव्यस्त

काठमाडौं– मध्यपूर्वका देशमा बढेको तनावको असर त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा पनि

चितवनमा बैंक खाता खोल्न ३९ उम्मेदवारले सिफारिस लिए, २१ ले खोले

चितवन– आसन्न प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारी दर्ता गराएका मध्ये २१ जनाले

निर्वाचन नजिकिँदै गर्दा आर्थिक चलायमान : दैनिक उपभोग्य वस्तुको माग उच्च

दाङ– प्रतिनिधिसभा सदस्य चुनाव नजिकिँदै गर्दा बजार क्षेत्रमा ट्राफिक व्यवस्थापन