प्रकाशको घरमा पुगे षडानन्दका मेयर : नागरिकता बनाइदिने, झाँक्री बाको उपचारमा सघाउने « Khabarhub

प्रकाशको घरमा पुगे षडानन्दका मेयर : नागरिकता बनाइदिने, झाँक्री बाको उपचारमा सघाउने


१२ भदौ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

भोजपुर- ‘हेर्ने कथा’ले गोरखामा वर्षौँदेखि गोठालो बन्न विवश भोजपुरका प्रकाश तामाङको कथा ल्याएपछि अहिले देशव्यापी चर्चाको विषय बनेको छ ।

भोजपुरको षडानन्द गाउँपालिका १० निवासी प्रकाशको कथा आएसँगै उनलाई सहयोग गर्ने सरकारी निकाय र जनप्रतिनिधिहरू निस्किरहेका छन् ।

यसैक्रममा भोजपुरको षडानन्द गाउँपालिकाका मेयर सुरेन्द्र उदासले प्रकाशका बाबुआमालाई भेटेर सकेजति सहयोग गर्ने बचन दिएका छन् ।

‘प्रकाशका बुवाआमालाई भेट्यौँ । छोराको बियोगमा ३३ वर्ष छटपटिएको परिवारमा खुसीयाली छाएको छ’, उनले भनेका छन्, ‘यो घरमा खुसी भित्र्याउने हेर्ने कथा र विद्या चापागाईंसहितलाई धन्यवाद !’

मेयर उदासले प्रकाशको परिवारमा समस्याका चाङ रहेको बताएका छन् । ‘सुकुम्बासी र गरिबीको पीडा देख्यौँ । जीविकोपार्जनका लागि छोरो फेरि पनि आमा बासँग बिदा भइ जानुपरेको अवस्था पनि विद्यमान छ । प्रकाश तामाङसँग फोन सम्पर्क भयो । उहाँको नागरिकता बनाउने तीव्र इच्छा पूरा हुने विश्वास दिलायौँ ।’

उनले अब प्रकाश गोरखाबाट चार/पाँच दिनमा गोरखाको छेकम्पारबाट नागरिकता बनाउन घर आउने आफूलाई बताएको सुनाए । ‘उहाँको नागरिकता बन्छ । धेरै लामो समय वियोगान्त जीवन ब्यतित गरेर पनि फेरि कामकै सिलसिलामा घर छोड्नुपर्ने प्रकाशको बाध्यतालाई नजिकबाट बुझ्यौँ’, उनले भनेका छन्, ‘उहाँ र उहाँको परिवारको जीविकोपार्जन र बासस्थानको ब्यवस्थापन र बुवा झाँक्री बाको उपचारमा नगरपालिकाले सहयोग गर्ने छ ।’

 

प्रकाशित मिति : १२ भदौ २०८१, बुधबार  ८ : १९ बजे

अमेरिकाको अपिलमा क्युबाको व्यङ्ग्य : ‘टुथपेस्ट बेचेजस्तो गरी सीआईएका लागि भर्ती’

हवाना– अमेरिकी विदेशमन्त्री मार्को रुबियोले क्युबामा परिवर्तन चाहने नागरिकलाई अवसरको सदुपयोग

रियादतर्फ प्रहार गरिएको ब्यालेस्टिक मिसाइल साउदीले निष्क्रिय पार्‍यो

रियाद– यमनका हुथी विद्रोहीहरूले साउदी अरबको राजधानी रियादतर्फ प्रहार गरेको ब्यालेस्टिक

फ्रान्समा प्रदर्शन नियन्त्रण गर्न ७० हजार सुरक्षाकर्मी परिचालन

पेरिस– गत साता भएका प्रदर्शनका क्रममा वर्षौँयताकै गम्भीर सहरी हिंसा

सम्पर्कविहीन दुई जापानी पर्वतारोहीको शव भेटियो

मनाङ– गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका जापानी पर्वतारोहीको शव

जलवायु न्यायको मागलाई गम्भीरतापूर्वक लिन विश्व समुदायलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह

 काठमाडौँ– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका हालैका अकल्पनीय प्राकृतिक विपद्का घटनाले