वायु प्रदूषणले बङ्गलादेशमा औसत आयु ४.८ वर्ष घटाउँछ : रिपोर्ट | Khabarhub Khabarhub

वायु प्रदूषणले बङ्गलादेशमा औसत आयु ४.८ वर्ष घटाउँछ : रिपोर्ट


१२ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

ढाका – विश्वको सबैभन्दा प्रदूषित मुलुक बङ्गलादेशमा सूक्ष्म कण वायु प्रदूषण (पिएम२.५) ले बङ्गलादेशीहरूको औसत आयु चार दशमलव आठ वर्षले घटाउने बुधबार सार्वजनिक गरिएको नयाँ विश्वव्यापी प्रतिवेदनले बताएको छ ।

यस प्रदूषणका कारण बङ्गलादेशमा औसत व्यक्ति विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले सिफारिस गरेअनुसार हावा सफा भएमा चार दशमलव आठ वर्ष कम बाँच्ने एयर क्वालिटी लाइफ इन्डेक्सले जारी गरेको प्रतिवेदनमा उल्लेख गरिएको युनाइटेड न्यूज अफ बङ्गलादेशले जनाएको छ ।

बङ्गलादेशका केही क्षेत्र अन्यको तुलनामा धेरै प्रदूिषत छन् । राजधानी ढाका नजिकै गाजीपुर र नरसिङदी जिल्लामा वायु प्रदूषणले छ वर्षभन्दा बढी जीवन घटाइरहेको प्रतिवेदनमा उल्लेख छ ।

वार्षिक औसत कण प्रदूषण डब्लुएचओले दिशानिर्देश गरेकोभन्दा धेरै रहेको क्षेत्रमा बङ्गलादेशका सबै १६ करोड ६४ लाख मानिस बस्दछन् । मुलुकको ९६ दशमलव आठ प्रतिशत जनसङ्ख्या ३५ माइक्रोग्राम प्रतिघनमिटरको आफ्नो राष्ट्रिय मानक पूरा नगर्ने क्षेत्रमा बस्ने गरेका छन् ।

उत्तरपूर्वी सिलहटको सबैभन्दा कम प्रदूषित जिल्लामा पनि कण प्रदूषण डब्लुएचओ दिशानिर्देशभन्दा छ दशमलव सात गुणा धेरै छ ।

कण प्रदूषणका कारण औसत बङ्गलादेशीको जीवनमा चार दशमलव आठ वर्ष, सुर्ती सेवनले दुई वर्ष र बाल तथा मातृ कुपोषणले एक दशमलव चार वर्ष समय घटाउँछ ।

सन् २०२२ मा प्रदूषण सन् २०२१ को तुलनामा २२ प्रतिशत कम थियो । बङ्गलादेशले डब्ल्यूएचओ दिशानिर्देशहरू पूरा गर्ने हो भने मुलुकको सबैभन्दा धेरै जनसङ्ख्या भएको जिल्ला ढाकाका बासिन्दाहरूको आयु पाँच दशमलव छ वर्षले बढ्नेछ ।

प्रकाशित मिति : १२ भाद्र २०८१, बुधबार  १० : २८ बजे

कांग्रेसद्वारा अहमदावाद विमान दुर्घटनाप्रति दुःख व्यक्त

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेसले भारतको अहमदावादमा भएको विमान दुर्घटनाप्रति

इरानमा इजरायली आक्रमणपछि अमेरिकाले के भन्यो ?

काठमाडौं– शुक्रबार सबेरै इजरायलले इरानी भूमिलाई लक्षित गरी सैन्य कारवाही

रास्वपा सांसदको राज्यका निकायकै मिलेमतोमा नागरिक बेचिनुपर्‍यो भन्ने भनाइमा सांसदहरुबीच चर्को विवाद

काठमाडौं– भिजिट भिसा प्रकरणलाई लिएर प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य

छोरालाई सम्झिरहन कविता महोत्सव र विमल कृति पुरस्कार

सुनसरी– पूर्णबहादुर गुरुङ ब्रुनाईका सुल्तानको दरबारमा सुरक्षा गार्डका रूपमा कार्यरत

इजरायली आक्रमणबाट इरानमा को–को मारिए ?

काठमाडौं- शुक्रबार सबेरै इजरायलले इरानी भूमिलाई लक्षित गरी आक्रमण गरेको