संविधान दिवसलाई जनतासँग जोड्नुपर्छ : मुख्यमन्त्री कार्की « Khabarhub

संविधान दिवसलाई जनतासँग जोड्नुपर्छ : मुख्यमन्त्री कार्की


१२ भदौ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

मोरङ – कोशी प्रदेश सरकारले यसपटकको संविधान दिवस–२०८१ लाई राष्ट्रिय दिवसमा भव्य रूपमा मनाउने भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको बैठकले मुख्यमन्त्रीको अध्यक्षतामा ५०१ सदस्यीय प्रदेश मूल समारोह समिति गठन गर्दै यही असोज २, ३ र ४ गते दिवस भव्यताका साथ मनाउने निर्णय गरेको हो ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यसपटकको संविधान दिवस भव्य र सिर्जनात्मक बनाउनेगरी तयारी थालिएको बताए । उनले संविधान दिवसलाई जनतासँग जोड्न सबै जातजाति धर्मसंस्कृति मान्ने सबैको सहभागिता हुनेगरी दिवस मनाइने जानकारी दिए ।

उनले भने, “हाम्रो देश विविधताले भरिपूर्ण छ ती सबै विविधताको उजागर हुने र अपनत्व हुनेगरी दिवसको तयारी छ ।”

यसपटकको संविधान दिवस असोज ३ गते बिहान प्रभातफेरीमा प्रतियोगितात्मक विभिन्न जातजातिका झाँकी प्रदर्शनी, वक्तृत्वकला प्रतियोगिता, निबन्ध प्रतियोगिताको आयोजना गर्ने मूल आयोजक समितिले औपचारिक कार्यक्रम गर्ने तयारी छ ।

असोज २ गतेदेखि ४ गतेसम्म तीन दिनसम्म मनाइने दिवसमा सार्वजनिक सञ्चारमाध्यममार्फत संविधानप्रति अपनत्व जगाउने कार्यक्रम सञ्चालन गर्नुका साथै रक्तदान, वृक्षरोपण, घरआँगन सरफाइ, अस्पतालमा बिरामीलाई फलफूल वितरण, साँझ घरघर र कार्यालयमा दिपावली गर्ने कार्यक्रम रहेको छ ।

बैठकमा प्रदेशका मन्त्री, प्रदेशका प्रमुख सचिव, मन्त्रालयका सचिव, प्रदेशस्थित सुरक्षा निकायका प्रमुख तथा राष्ट्रसेवक कर्मचारी तथा पत्रकारको सहभागिता थियो ।

प्रकाशित मिति : १२ भदौ २०८१, बुधबार  ११ : ०१ बजे

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका