बीपी राजमार्ग अवरुद्ध, मूलकोट रिसोर्ट र खुर्कोट बसपार्क डुबानमा « Khabarhub

बीपी राजमार्ग अवरुद्ध, मूलकोट रिसोर्ट र खुर्कोट बसपार्क डुबानमा


१२ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


921
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बीपी राजमार्गअन्तर्गत सिन्धुलीको मूलकोटका रिसोर्टहरू डुबानमा परेका छन् । सुनकोशी नदीमा आएको बाढीले खुर्कोट बजारको बसपार्क समेत डुबानमा पारेको छ ।

वर्षा निरन्तर जारी रहेकोले सुनकोसी नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन भनिएको छ ।

यसैबीच, रोशी खोलामा आएको बाढीले सोही राजमार्गको नेपालथोक सडक खण्ड भत्काउनुका साथै केही भाग बगाएको छ ।

नेपालथोकको प्रहरी चौकी नजिकै सडक बगाएपछि नेपालथोक–मुलकोट सडक अवरुद्ध बनेको प्रहरीले जनाएको छ ।

दुम्जाको कुशेश्वर महादेव मन्दिर नजिकै खोला किनारमा रहेका थुप्रै टहरा र एउटा पक्की घर समेत बगाएको प्रहरीले जनाएको छ ।

 

 

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  ८ : ३४ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५