वर्षाले काठमाडौंसहितका विभिन्न सडकमा सवारी आवागमन प्रभावित « Khabarhub

वर्षाले काठमाडौंसहितका विभिन्न सडकमा सवारी आवागमन प्रभावित


१२ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लगातारको वर्षाले काठमाडौं उपत्यकास्थित नदीनाला आसपासका सडक तथा केही  मुख्य सडकखण्डको सवारी आवागमन प्रभावित भएको छ । जसअन्तर्गत तीनकुने, गैरीगाउँ वरिपरी, युएनपुल, टेकु स्थित विष्णुमती करिडोरको बाटो, माइतीघर, नयाँबाटो, ग्वार्को, ईमाडोल  सडकखण्ड, परोपकार, सानेपा, कालोपुल, बल्खुपुल सडकखण्डको सवारी आवागमनमा  प्रभाव परेको हो ।

पहिरोका कारण विभिन्न नाका हुँदै सञ्चालन हुने सवारी साधन पनि  चल्न सकेका छैनन् । नागढुङ्गा–नौबिसे, फर्पिङ, भीमढुङ्गा, धर्मस्थली, तिनपिप्ले र कान्तीलोकपथमा सवारी साधन सञ्चालन हुन नसकेको प्रहरीले जनाएको छ ।

पानीको बहाव बढेकाले बनेपा बजार  हुँदै चल्ने सवारी साधन पनि चल्न सकेका छैनन् । निरन्तर वर्षा भइरहेकाले सुरक्षालाई मध्यनजर गरि अत्यावश्यक काम  बाहेक  यात्रा  नगर्न  सम्पूर्ण सडक प्रयोग कर्तालाई ट्राफिक प्रहरीले अनुरोध  समेत गरेको छ ।

बाढी र पहिरोको उच्च जोखिमलाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समिति चितवनले पनि नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी साधन सञ्चालनमा रोक लगाएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  ८ : ५० बजे

पाकिस्तानमा विद्यालयको छत खस्दा २९ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

पेसावर-  पाकिस्तानको पेसावरमा बिहीबार निजी विद्यालयको छत खस्दा २८ बालबालिका र

भोटेकोशी बाढी : दसैँ आयो, तर आमाबुवा आउनुभएन

बाँके – गाउँघरमा दसैँको चहलपहल बढेको छ । घरआँगन सरसफाइ

अफतावका छोरा फिरदोस कांग्रेस सहमहामन्त्रीमा विजयी

काठमाडौं– अफताव आलमका छोरा फिरदोस आलम नेपाली कांग्रेसको १५ औँ

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपत्तिपछिको पुनरुत्थान

अस्ट्रेलियाको बेरोजगारी दरमा वृद्धि, ४.७ प्रतिशत पुग्यो

क्यानबेरा– अस्ट्रेलियामा सेप्टेम्बर महिनामा बेरोजगारी दर बढेर ४.७ प्रतिशत पुगेको