पहिरोका कारण तनहुँका विभिन्न सडक अवरुद्ध | Khabarhub Khabarhub

पहिरोका कारण तनहुँका विभिन्न सडक अवरुद्ध


१२ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– दुई दिनदेखि परेको अविरल वर्षाका कारण आज बिहान पहिरो जाँदा तनहुँका एक दर्जन ठाउँमा सडक अवरुद्ध भएका छन् ।

पहिराले सडक अवरुद्ध हुँदा तनहुँको व्यास नगरपालिका, भानु नगरपालिका, बन्दीपुर गाउँपालिका, म्याग्दे गाउँपालिका, देवघाट गाउँपालिका, शुक्लागण्डकी नगरपालिकाका विभिन्न सडकखण्ड अवरुद्ध भएका छन् ।

पृथ्वीराजमार्ग र भित्री सडकखण्ड अन्तर्गतका विभिन्न ठाउँमा पहिराले सडक अवरुद्ध हुँदा सवारी साधन सञ्चालन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक दीपक रायले जानकारी दिए ।

उनका अनुसार पृथ्वीराजमार्गअन्तर्गत व्यास नगरपालिका–१२ घाँसीकुवा, छिर्कने, बन्दीपुर गाउँपालिका–१ चिसापानी, चुनपहरा, म्याग्दे गाउँपालिका–६ मौरीओडार, भानु नगरपालिका–१ भन्सारमा सडक अवरुद्ध भएको छ ।

उनले सबै ठाउँको पहिरो पन्छाएर बाटो खुलाउने प्रयास भइरहेको बताए । उनले भने, ‘पानी परिरहेकाले पहिरो पन्छाउन समस्या भएको छ ।’

यस्तै व्यास नगरपालिका–३ मादी पुल नजिक सडक भासिँदा उक्त खण्ड अवरुद्ध भएको छ । मुग्लिन–पोखरा सडक विस्तारका क्रममा यस ठाउँमा कल्भर्ट निर्माणका लागि डाइभर्सन सडक बनाइएकामा निरन्तरको पानीका कारण आज बिहान उक्त ठाउँमा सडक भासिएको हो ।

कल्भर्ट निर्माणका लागि खाल्डो खनिएको र सोही खाल्डोमा जमेको पानीका कारण त्यस ठाउँमा सडक भासिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  १० : ५१ बजे

बीपी राजमार्ग दशैंअघि नखुल्ने, चौकीडाँडा-कालढुंगा खण्ड तत्काल बनाउन मुश्किल

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बीपी राजमार्ग दशैं अगाडि

जापानका प्रधानमन्त्रीले ‘ह्याप्पीनेस इन्डेक्स’को योजना सार्वजनिक गर्ने

एजेन्सी– जापानका प्रधानमन्त्री शिगेरु इशिबाले शुक्रबार आफ्नो पहिलो संसदीय नीति

कांग्रेसले पशुपति क्षेत्रमा थुप्रिएको फोहोर सफा गर्ने

काठमाडौं– नेपाली कांग्रेसले पशुपति क्षेत्रमा थुप्रिएको वर्षाजन्य फोहोर सफा गर्ने

बाढीको असर सौराहाका होटल रेष्टुरेन्टमा, पर्यटकको पर्खाइमा व्यवसायी

चितवन– सौराहास्थित राप्ती नदीको किनारमा रहेको सन्सेट होटलको नदी तटीय

गण्डकीमा बढ्यो डेङ्गी, सङ्क्रमितको सङ्ख्या ११ हजार नाघ्यो

गण्डकी– गण्डकी प्रदेशमा हालसम्म एघार हजार पाँच सय ९० जनामा