बाढीले हेवा खोलाको बेलिब्रिज बगायो, मेची राजमार्ग अवरुद्ध | Khabarhub Khabarhub

बाढीले हेवा खोलाको बेलिब्रिज बगायो, मेची राजमार्ग अवरुद्ध


१२ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

पाँचथर– अविरल वर्षाका कारण हेवा खोलामा आएको बाढीले मेची राजमार्गमा रहेको ‘बेलिब्रिज’बगाएको छ । फिदिम नगरपालिका–४ का वडाध्यक्ष उपेन्द्र लावतीले हेवा खोलामा आएको बाढीले ‘बेलिब्रिज’ बगाएको जानकारी दिए ।

उनका अनुसार बाढीले हिलिहाङ गाउँपालिकातर्फको पर्खाल भत्काएपछि बेलिब्रिज बगाएको हो । गत वर्षको असार २ गते आएको बाढीले यहाँ रहेको पुल बगाएपछि ‘बेलिब्रिज’ निर्माण गरिएको थियो ।

बेलिब्रिज’ बगाएपछि मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि पाँचथरको हिलिहाङ र याङवरक गाउँपालिका तथा ताप्लेजुङ जिल्लासँगको सडक सञ्जाल विच्छेद भएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  ११ : ३८ बजे

शेयर बजारमा रौनक, ६ अर्बको कारोबारसहित ५६ अंकले बढ्यो नेप्से 

काठमाडौं- आइतबार शेयर बजारमा पुनः रौनक फर्किएको छ । आइतबार

राप्तीसोनारीमा वर्षाले धानबालीमा क्षति

नेपालगञ्ज– जिल्लाको राप्तीसोनारी गाउँपालिकामा गए राति परेको अविरल वर्षाले भित्राउने

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

दाङ– अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ परेका छन्

दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणको बाटो खुल्यो

दोधारा चाँदनी–  कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकास्थित प्रस्तावित दोधारा चाँदनी सुक्खा

मारवाडी सेवाबाट खोसियो धर्मशाला, अब पशुपति क्षेत्र विकास कोषले नै चलाउने

काठमाडौं- लामो समयदेखि मारवाडी सेवा समिति नेपालले सस्तोमा भाडामा लिएर