समाचार

नख्खु खोलाले बगाएका चारमध्ये तीनजनाको उद्धार

By खबरहब

September 28, 2024

काठमाडौं– ललितपुरको नख्खु खोलामा आएको बाढीले बगाएका चारजनामध्ये तीनजनाको उद्धार गरिएको छ ।

स्थानीय पूर्ण केसीले उद्धार गरेर उनीहरुलाई उपचारका लागि पाटनअस्पताल पठाएको बताएका छन् ।

खोला किनारको एक टहरोको छतमा उद्धारको प्रतिक्षामा बसेका उनीहरुलाई बाढीले बगाएको थियो । बाढीमा बगेका मध्ये एकजना बेपत्ता छन् ।

ललितपुर महानगरपालिका–१४ नखिपोटमा रहेको कान्तिपुर कोलोनी नजिकै नख्खु खोलाले उनीहरूलाई बगाएको थियो ।