समाचार

एपीवान टेलिभिजनको मुख्यालयमा बाढी पसेपछि प्रसारण रोकियो

By खबरहब

September 28, 2024

काठमाडौं – एपीवान एचडी टेलिभिजनको मुख्यालयमा बाढी पसेपछि प्रसारण अवरुद्ध भएको छ । बाढी पसेपछि अहिले सो टिभीको प्रसारण सेवा बन्द भएको जनाईएको छ ।

कार्यालयका गाडी, कम्युटर, ब्याकअपलगायतका सामग्रीसहित डुबानमा परेकाले प्रसारण बन्द भएको एपीवानले जनाएको छ । एपीवानको कार्यालयभित्रसम्म बाढी पसेको कारण विद्युत सेवा अवरुद्ध भएको थियो ।

एपीवान टेलिभिजनले भनेको छ, ‘बागमती नदीमा आएको बाढीका कारण एपीवान टिभीको प्रसारण अवरुद्व भएको छ । यसबाट हुन गएको असुविधाप्रति क्षमाप्रार्थी छौं ।’

अविरल वर्षाका कारण काठमाडौं उपत्यकामा पनि जनधनको क्षति भएको छ ।