नेता–कार्यकर्तालाई कांग्रेसको निर्देशन- उद्धार तथा राहतमा खटिनू « Khabarhub

नेता–कार्यकर्तालाई कांग्रेसको निर्देशन- उद्धार तथा राहतमा खटिनू


१२ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेपाली कांग्रेसले पार्टीका नेता–कार्यकर्ताहरूलाई समुदाय स्तरमा उद्धार तथा सहयोग कार्यमा खटिन निर्देशन दिएको छ । 

महामन्त्री गगनकुमार थापाले शनिबार भिडियो सन्देश जारी गरेर प्राकृतिक विपद्का कारण अप्ठ्यारोमा परेका नागरिकको सहयोगका लागि समुदाय स्तरमा उद्धार तथा सहयोग कार्यमा खटिन निर्देशन दिएका हुन् । 

‘जहाँ हामीले जे कुरा मद्दत गर्नुपर्छ, ती कुराहरूमा पार्टीका सबै साथीहरूलाई जुट्नको लागि आग्रह गर्छु,’ थापाले भिडिओ सन्देशमा भनेका छन्, ‘पार्टीका साथीहरूले सबै कार्यक्रमहरू रोकेर उद्धारमा, राहतमा खट्नको लागि म सबै साथीहरूलाई अपील पनि गर्छु ।’

उनले आइतबार बस्ने पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विपद्को समयमा उद्धार र राहतका लागि पार्टीपङ्क्तिलाई परिचालन गर्ने बारे निर्णय गर्ने पनि जानकारी दिएका छन् ।  

‘भोलि हाम्रो पार्टीको कार्यसम्पादन समितिको बैठक छ,’ महामन्त्री थापले भनेका छन्, ‘बैठकपछि हामी पार्टीलाई कसरी थप परिचालित गर्ने यो अप्ठ्यारो समयमा उद्धार राहतका लागि भनेर गरिनै हाल्छौँ ।’

महामन्त्री थापाले नागरिकको ज्यानको सुरक्षा गर्ने मुख्य दायित्व सरकारको भएको भन्दै पार्टीका तर्फबाट सरकारको नेतृत्व गरिरहेका कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलगायतलाई सम्पूर्ण क्षमता लगाएर नागरिकको उद्धार गर्ने विषयमा ध्यानाकर्षण गरिएको पनि बताएका छन् । 

‘यो बेला नागरिकको ज्यानको सुरक्षा गर्ने मुख्य दायित्व राज्यको हो,’ थापाले भनेका छन्, ‘त्यसैले हामीले कार्यवाहक प्रधानमन्त्री, गृहमन्त्रीलगायत जिम्मेवार साथीहरूलाई पार्टीका तर्फबाट यो बेलामा सम्पूर्ण क्षमता लगाएर नागरिकको उद्धार गर्ने कुरामा, ज्यान जोगाउने कुरामा ध्यानाकर्षण गरिनै रहेका छौँ ।’

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  १ : ४२ बजे

अशोक राई, राजेन्द्र महतो र रेशम चौधरी साझा चिह्न जाँतोबाट चुनाव लड्ने

काठमाडौं- अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी, राजेन्द्र महतो नेतृत्वको

रास्वपा समानुपातिकको प्रारम्भिक निर्वाचनमा रञ्जु र रमेशलाई लोकप्रिय मत

काठमाडौं- रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रारम्भिक मतदानको

राजनीतिमा लागेकी एलिजाको अज्ञानताले उठाएको प्रश्न : सधैँ जीब्रोलाई दोष दिएर उम्कन पाइन्छ ?

काठमाडौं- वरिष्ठ तथा सेलिब्रेटी पत्रकार ऋषि धमाला पत्नी हुन्–एलिजा गौतम

स्वास्थ्य बीमाका प्रावधान सुधारका लागि गृहकार्य गरिरहेका छौँ : स्वास्थ्यमन्त्री गौतम

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमाका प्रावधानहरू

मुक्तिनाथ मन्दिरको दर्शन गरे मोक्ष मिल्ने जनविश्वास (तस्बिरहरू)

काठमाडौं– मुस्ताङ जिल्लामा समुद्र सतहदेखि ३,७१० मिटरको उचाइमा अवस्थित मुक्तिनाथ