देश/प्रदेश

जलसतह बढेपछि गण्डक ब्यारेजका सबै ढोका खोलिए

By खबरहब

September 28, 2024

नवलपरासी– पानीको सतह बढेपछि नवलपरासीस्थित नारायणी नदीमा नेपाल भारत गण्डक ब्यारेजका सबै ढोका खोलिएको छ । 

पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी  स्कीम श्रेष्ठका अनुसार त्रिवेणी गण्डक क्षेत्रमा पानीको बहाव बढ्दै गएपछि नारायणी नदीको गण्डक नहरका ३६ ढोका खोलिएको हो । 

अहिले नारायणी नदीको त्रिवेणी गण्डक क्षेत्रमा करिब चार लाख  क्युसेक पानीको बहाव रहेको छ ।  सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएको उनले बताए।