पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध « Khabarhub

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध


१२ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

गुल्मी– पहिरोले गुल्मीको तम्घास‐रिडी र रिडी‐रुद्रबेणी‐वामीटक्सार सडकखण्ड अवरुद्ध बनेको छ । तम्घास‐रिडी रिडी सडक खण्डअन्तर्गत रेसुङ्गा नगरपालिका–११ अन्तर्गत उर्लेनी, गुल्मीदरबार गाउँपालिका– ४ अन्तर्गत वीरवास र छत्रकोट गाउँपालिका–३ अन्तर्गत लुम्छामा सडक पहिरो खसेपछि गएरातिदेखि सडक अवरुद्ध बनेको हो । 

त्यसैगरी रिडी‐रुद्रबेणी‐वामीटक्सार सडकखण्डअन्तर्गत सत्यवती गाउँपालिका–६ स्थित  डहरेखोलामा पानीको बहाव बढेको र चन्द्रकोट गाउँपालिका–८ अन्तर्गत मजुवा बजार नजिकै बाघ खोलामा पहिरो खसेपछि शुक्रबार बेलुकीदेखि उक्त सडक अवरुद्ध बनेको छ । 

बिहीबारदेखि परेको अविरल वर्षाका कारण कालीगण्डकी करिडोर सडकअन्तर्गत गुल्मी सडकखण्ड अवरुद्ध बनेको छ । उक्त सडकखण्डअन्तर्गत कालीगण्डकी –४ अन्तर्गत पुर्तिघाटमा पहिरो खसेपछि गए रातिदेखि सडक पूर्णरुपमा अवरुद्ध बनेको हो ।

सडक अवरुद्ध बनेपछि सदरमुकाम तम्घास, वामीटक्सार र कालीगण्डकीको पुर्तिघाटदेखि पाल्पा, बुटवल र काठमाडौँसम्म छुट्ने लामो तथा छोटो दुरीका सवारीसाधन सञ्चालनमा आउन सकेका छैनन् । सवारीसाधन सञ्चालन नहुँदा त्यस क्षेत्रका नागरिक समस्यामा परेका छन् । 

सडक सञ्चालन गर्न स्थानीय पालिका र प्रशासनद्वारा पहल भइरहे पनि वर्षा भइरहेको कारण सडक सञ्चालन गर्न पहल भइरहे पनि पहिराको जोखिमका कारण सडक सञ्चालन गर्न समस्या परेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिए। 

लगातारको अविरल वर्षाका कारण ग्रामीण क्षेत्रबाट सदरमुकाम तम्घास आवतजावत गर्ने सडक अवरुद्ध बनेका छन् । लगातारको वर्षाका कारण जोखिम बढ्न सक्ने जनाउँदै जिल्ला प्रशासन कार्यालयले खोलाको तटीय क्षेत्र र पहिरो ग्रस्त क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा बसोबास गर्न आग्रह गरेको छन् । 

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  २ : २४ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्