महोत्तरीका चौबिस गाउँ बाढीको उच्च जोखिममा « Khabarhub

महोत्तरीका चौबिस गाउँ बाढीको उच्च जोखिममा


१२ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

जलेश्वर – चारदिनदेखिको अविरल वर्षाले जिल्लाका अधिकांश नदी तथा खोलामा बाढी आएको छ । रातो, विग्ही, जङ्घा, अङ्कुशी, भब्सी, गेरुकी, कुटमेश्वरी, ढोलन, मरहालगायत नदीमा बाढी आएको हो ।

अविरल वर्षासँगै जिल्लाको नदीमा आएको बाढी गाउँ पस्ने जोखिम बढेको स्थानीय बताउँछन् । यसैबीच जल तथा मौसम विज्ञान विभागले महोत्तरीका सबै नदीहरुमा जोखिमको तह पार गरिसकेको जनाएको छ ।

नदी तटीय गाउँबस्तीका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम गलालले बताए । जिल्लाका नदी आसपासका २४ बढी गाउँ बाढीको उच्च जोखिममा रहेका उनले जानकारी दिए।

अत्यधिक वर्षा हुँदा यसअघि पनि जिल्लाका अधिकांश भाग डुबानमा पर्ने र सयौँलाई विस्थापित बनाउँदै आएको प्रजिअ गलालले उल्लेख गरे ।

‘स्थानीयको सुरक्षाका लागि जिल्लाका प्रशासन तथा सुरक्षा निकायसहित जिल्ला विपद् व्यवस्थापन समितिले आइपर्ने जोखिममा उद्धार गर्न आवश्यक तयारी गरिसकेको छ’, उनले भने। 

अहिलेसम्म जिल्लामा कुनै किसिमको मानवीय तथा भौतिक क्षति भने नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  २ : ३९ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली