आर्थिक समृद्धिका लागि वर्तमान सरकार गठन भएको हो : शेखर कोइराला « Khabarhub

आर्थिक समृद्धिका लागि वर्तमान सरकार गठन भएको हो : शेखर कोइराला


१२ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजनीतिक स्थायित्व र आर्थिक समृद्धिका लागि वर्तमान सरकार गठन भएको बताएका छन् । 

नेपाली कांग्रेस तथा नेविसङ्घ लमजुङ–काठमाडौँ सम्पर्क समितिले विजयादशमीको ‘शुभकामना आदानप्रदान तथा कांग्रेसको सय दिने अभियान’को शुभारम्भ गर्दै नेता कोइरालाले आर्थिक समृद्धि, सुशासन र राजनीतिक स्थायित्वका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले)सँग मिलेर सरकार गठन गरिएको बताए। 

‘मुलुकमा सुशासन कायम गर्न, आर्थिक समृद्धि प्राप्तिका लागि हामीले सहकार्य गरेका हौँ । सबै दलसँगको छलफल र सहमतिमा आवश्यकताका आधारमा संविधान संशोधन हुनेछ’, नेता डा. कोइरालाले भने। उनले समावेशी र समानुपातिक सिद्धान्तलाई प्रभावकारी कार्यान्वयन गर्न संविधान संशोधन आवश्यक रहेको औँल्याए ।

कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीले संविधान संशोधन गर्दा सहमतिका आधारमा गर्नुपर्ने धारणा राखे। उनले पार्टीभित्र भागबण्डा हुँदा पार्टी झन् कमजोर बन्दै गएकाले आपसी सहकार्य आवश्यक रहेको उल्लेख गरे।

कांग्रेस केन्द्रीय सदस्य अब्दुल सत्तारले पार्टीका केन्द्रीय सदस्य वडाबाट लडेर आउने प्रावधान बनाउनुपर्नेमा जोड दिए। उनले पार्टीलाई एकताबद्ध बनाएर लगेमात्र आगामी निर्वाचन जितिने उल्लेख गरे । 

नेपाली कांग्रेस लमजुङका सभापति एवं गण्डकी प्रदेशका अर्थमन्त्री डा. टकराज गुरुङले निरन्तर सरकार परिवर्तन हुँदा मुलुकले आर्थिक प्रगति हासिल गर्न नसक्ने धारणा राखे। 

सम्पर्क समितिका अध्यक्ष प्रदीपराज अधिकारी, कांग्रेस लमजुङका पूर्वसभापति तुलसीनारायण श्रेष्ठ, पूर्वराज्यमन्त्री रामबहादुर गुरुङ, प्रदेशसभा सदस्य टीका बस्याल, कांग्रेस लमजुङ प्रदेशका सभापति रघुनाथ गुरुङ, सम्पर्क समितिका वरिष्ठ उपाध्यक्ष किशोर पौडेल, नेवि सङ्घ सम्पर्क समितिका सभापति डिबी पराजुलीलगायतले लमजुङ कांग्रेसको सङ्गठनलाई बलियो बनाउन सकेमात्र आगामी निर्वाचनमा जित हासिल गर्न सकिने धारणा राखेका थिए ।

सोही अवसरमा नेपाल इञ्जिनियर एसोसियसनको निर्वाचनमा अध्यक्ष पदमा निर्वाचित इञ्जिनियर सुवासचन्द्र बराल र सेन्टर फर डेमोक्रेटिक इञ्जिनियर्स एसोसियसन ९सिडेन०का अध्यक्ष इञ्जिनियर लक्ष्मण केसीलाई सम्मान गरिएको थियो । 

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  ३ : १८ बजे

छ लाख गरिबलाई परिचयपत्र वितरण

काठमाडौं- सरकारले देशका विभिन्न ४९ जिल्लाका ६ लाख १५ हजार

४ महिनामा ६ खर्ब बढीको वस्तु आयात, १६ अर्बको मोबाइल र १५ अर्बको सुन आयो

काठमाडौं– चालु आर्थिक वर्षको ४ महिनामा नेपालमा ६ खर्ब बढीको

विवाहपञ्चमीमा माछा–मासु र मदिरा बिक्री वितरणमा रोक

जनकपुर- विवाहपञ्चमी महोत्सवका अवसरमा जनकपुरधाममा आजदेखि तीन दिनसम्म माछा/मासु र

बुवा खोलामा मोटरेवल पुल निर्माण सम्पन्न

उदयपुर– खोटाङको जन्तेढुङ्गा गाउँपालिका–१ र पौवा सेरा–५ कोबीचमा पर्ने बुवा