समाचार

रास्वपाले बोलायो आकस्मिक बैठक

By खबरहब

September 28, 2024

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आकस्मिक बैठक बोलाएको छ । देशभर अविरल वर्षासँगै केही स्थानमा बाढी–पहिरोको घटना भएसँगै रास्वपाले शनिबार ३ बजेका लागि आकस्मिक बैठक बोलाएको हो । 

कार्यवाहक प्रवक्ता मनिष झाले केन्द्रीय समिति, संसदीय दल, प्रदेश समिति, जिल्ला समिति र र्यापिड एक्सन टिमको संयुक्त आकस्मिक जुम बैठक बोलाइएको बताए । 

अविरल वर्षाको कारण देशभरिको जोखिमपूर्ण अवस्थामा वस्तुस्थितिबारे जानकारी लिन र सक्रिय रूपमा उद्धारमा जुट्नको लागि आवश्यक छलफल गर्न यो बैठक बोलाइएको प्रवक्ता झाले बताए  ।