समाचार

गोरुसिङ्गे–सन्धिखर्क सडक अवरुद्ध

By खबरहब

September 28, 2024

अर्घाखाँची– अविरल वर्षासँगै खसेको पहिराले गोरुसिङ्गे–सन्धिखर्क सडक अवरुद्ध भएको छ । गोरुसिङ्गे–सन्धिखर्क सडकअन्तर्गत शीतगङ्गा नगरपालिकाका विभिन्न स्थानमा खसेको पहिराले गएरातिदेखि सडक अवरुद्ध बनेको हो ।

नगरपालिकाको जनशक्ति, स्थानीय, प्रहरीलगायतको पहलमा पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विपन कार्कीले बताए। सडक अवरुद्ध बनेपछि यात्रुबीच बाटोमा अलपत्र परेका छन् ।

सन्धिखर्क–ढोरपाटन सडक वैकल्पिक बाटो पनि अवरोध भएको छ । सन्धिखर्क–गोरुसिङ्गे खण्डको सन्धिखर्क–६ जगतबाट नरपानीसम्म १२ ठाउँमा पहिरोले बाटो अवरोध भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

शीतगङ्गा–१२ बसेरीबाट शितगङ्गा–२ सीतापुरसम्म तीन ठाउँमा बाटो अवरोध भएको छ । सबै स्थानमा पहिरो पन्छाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।