गृहमन्त्री लेखकलाई राष्ट्रपतिको फोन, जनधनको क्षतिबारे लिए जानकारी « Khabarhub

गृहमन्त्री लेखकलाई राष्ट्रपतिको फोन, जनधनको क्षतिबारे लिए जानकारी


१२ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले गृहमन्त्री रमेश लेखकलाई टेलिफोन गरेर वर्षापछि आएको बाढी–पहिरोका कारण भएको जनधनको क्षतिबारे जानकारी लिएका छन् । 

उनले शनिबार दिउँसो लेखकलाई फोन गरेर भीषण वर्षाका कारण भएको जनधनको क्षतिबारे जानकारी लिएका हुन् । टेलिफोन कुराकानीका क्रममा राष्ट्रपति पौडेलले देशका विभिन्न स्थानमा बाढी–पहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको उनको सचिवालयले जनाएको छ । 

पौडेलले उद्धार तथा राहत कार्यमा तत्काल जुट्न मातहतका निकायलाई प्रभावकारी काम गर्न निर्देशन पनि दिए । राष्ट्रपति पौडेलले विपद्को क्षणमा सहयोगका लागि सम्पूर्णमा अपिलसमेत गरेका छन् । 

उनले देशभर परिरहेको अविरल वर्षाका कारण विभिन्न ठाउँमा आएको बाढी–पहिरो र भू–क्षयको प्रकोपबाट बच्न सुरक्षा मापदण्डहरूको पालना गरी सतर्कता अपनाउन पनि आग्रह गरेका छन् ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  ४ : ०४ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार