विपदमा देशभर ४९ जनाको मृत्यु, ४० जना बेपत्ता « Khabarhub

विपदमा देशभर ४९ जनाको मृत्यु, ४० जना बेपत्ता


१२ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं दुई दिनदेखिको लगातारको वर्षाका कारण भएका विपद्का घटनामा देशभर अहिलेसम्म ४९ जनाको मृत्यु भएको छ । त्यसमध्ये उपत्यकाका भक्तपुर, ललितपुर र काठमाडौँमा मात्रै ३२ जनाले ज्यान गुमाएका छन् । 

नेपाल प्रहरीका सहप्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीका अनुसार विपद्का घटनामा परेर हालसम्म ३४ जना घाइते भएका तथा ४० जना सम्पर्कविहीन भएका छन् । उनले देशभरिमा ४४ स्थानमा मुख्य राजमार्ग अवरुद्ध भएको पनि जानकारी दिए।  

प्रहरीले सबै निकायको समन्वयमा उद्धार कार्य जारी राखेको छ । अहिलेसम्म एक हजारभन्दा बढीको उद्धार गरिएको छ । काठमाडौँ, ललितपुर र भक्तपुरमा मात्रै विपद्का घटनाबाट १७ जना घाइते तथा १२ जना बेपत्ता भएका छन् ।

 सशस्त्र प्रहरी बलले आपतकालीन उद्धारका लागि हटलाइन नम्बर १११४ मा सम्पर्क गर्न आग्रह गरेको छ । 

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  ४ : ०७ बजे

मानवअधिकार आयोगको प्रतिवेदन लत्याउँदै सुधनलाई फेरि गृहमन्त्रालयको चाबी

काठमाडौं– गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनबारे

प्रतिनिधिसभामा आज पनि विपक्षीको विरोध जारी

काठमाडौं–  प्रतिनिधिसभा बैठक सुरु भएको छ। बैठक सुरु हुनेवित्तिकै विपक्षी

सरकारले सुशासनका राम्रा अभ्यास गरेको छ : यादव

नेपालगन्ज– जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बिचौलियाको अन्त्य गर्न

सुधन र महावीर मन्त्री बन्दै, राष्ट्रपति कार्यालयमा पुग्यो पत्र 

काठमाडौं– गृहमन्त्रीमा सुधन गुरुङ फर्किने पक्का भएको छ । यस्तै

महाधिवेशनपछि पार्टी सभापति रवि र वरिष्ठ नेता वालेन्द्र नै हो : समीक्षा बास्कोटा

काठमाडौं– मङ्सिर १४ गते विवेकशील साझा पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीसँग