देशभर बाढी पहिरोको वितण्डा, २० हजार सुरक्षाकर्मी परिचालन « Khabarhub

देशभर बाढी पहिरोको वितण्डा, २० हजार सुरक्षाकर्मी परिचालन


१२ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबान लगायत प्राकृतिक विपद् जोखिममा परेका नागरिकहरूको खोज तथा उद्धारका लागि मुलुकभर २० हजार भन्दा बढी प्रहरी परिचालन भएको छ ।

विपद्बाट हुने क्षति न्यूनीकरण, नागरिकको जिउधनको रक्षा र विपद्‌मा परेकाहरूको खोज तथा उद्धार, स्वास्थ्य उपचारमा सुरक्षाकर्मी सक्रिय रुपमा परिचालन भएको छ ।

पछिल्लो पटकको बाढी, पहिरो र डुबानबाट एक हजार भन्दा बढी नागरिकको सकुशल उद्धार भइरहँदा नेपाल प्रहरीबाट दश हजार ४१ जना र सशस्त्र प्रहरी बल नेपालबाट दश हजार ५४० जना प्रहरी परिचालन भएका छन् ।

जसमध्ये काठमाण्डौ उपत्यकामा मात्रै नेपाल प्रहरीको चार हजार सात सय ६० र सशस्त्र प्रहरी बलबाट तीन हजार ५ सय सुरक्षाकर्मी उद्धारमा खटिएका छन् ।

त्यसैगरी नेपाली सेनाले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट चार जनाको हेलिकप्टरबाट उद्धार गरेको छ । सेनाको टोली देशभरको प्रभावित क्षेत्रमा परिचालन भएको छ । भने राष्ट्रिय अनुसन्धान विभाग सूचना संकलनमा सक्रिय छ ।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले शनिबार दिउँसोसम्म एक हजार ५३ जनाको उद्धार गरिएको जानकारी दिए ।

यसअघि गृहमन्त्री रमेश लेखकले उद्धार, राहत तथा घाइतेको स्वास्थ्य उपचारमा सरकार सक्रिय भएर लागि गरेको जानकारी दिए । उनले बाढी पहिरोमा अवरुद्ध सडक सुचारु गर्न सम्वन्धीत निकायलाई निर्देशन समेत दिएका थिए ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  ४ : २९ बजे

लाइसेन्स, नागरिकता र पासपोर्ट घर–घरमै पुर्‍याउने बालेन सरकारको योजना

काठमाडौं- वडाबाट सामान्य सिफारिसपत्र बनाउनदेखि संघबाट दिइने सेवा लिन जनताले

कांग्रेसको देउवा पक्षबाट केन्द्रीय समिति बैठक र जिल्ला सभापतिहरुको भेला आह्वान

काठमाडौँ– नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४औँ महाधिवेशनबाट

आँखा शिविरबाट वृद्धवृद्धा लाभान्वित

पर्वत– पर्वतको मोदी गाउँपालिकामा सञ्चालित निःशुल्क आँखा शिविरमा एक हजार

घोराही–लमही सडक विस्तार थालियो

दाङ– दाङको घोराही–लमही सडकखण्ड फराकिलो बनाउने काम सुरु भएको छ

काभ्रेमा ‘बर्डफ्लु’को जोखिम हुन नदिन उच्च सतर्कता

काभ्रे– बर्डफ्लु रोगको सङ्क्रमणको जोखिम हुन नदिन काभ्रे र सिन्धुपाल्चोकमा