तीन जिल्लामा सेनाको हेलिकप्टर उद्धारमा प्रयोग « Khabarhub

तीन जिल्लामा सेनाको हेलिकप्टर उद्धारमा प्रयोग


१२ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृह मन्त्रालयले प्राकृतिक विपद्बाट प्रभावित तीन जिल्लामा नागरिकको खोज तथा उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर पठाएको छ ।

शनिबार दिउँसोपछि मौसम समान्य बन्दै गएपछि बाढी, पहिरो र डुबान पीडितको उद्धारका लागि सेनाको हेलिकप्टर काभ्रेपलाञ्चोक, मकवानपुर र सिन्धुली पाइएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए ।

‘प्रभावित क्षेत्रमा मौसम प्रतिकुल हुँदा हेलिकप्टर पठाउन सकिएको थिएन ।’, उनले भने, ‘मौसममा सुधार आएपछि तीन वटा जिल्लामा  सेनाका हेलिकप्टर पठाएका छौं ।’ सेनाको हेलिकप्टरले शनिबार काठमाण्डौ उपत्यका लगायत विभिन्न प्रभावित स्थानबाट उद्धार गरेको थियो ।

विपद्बाट हुने क्षति न्यूनीकरण, नागरिकको जिउधनको रक्षा र विप्दमा परेकाहरूको खोज तथा उद्धारमा २० हजार भन्दा बढी सुरक्षाकर्मी खटिएको गृह मन्त्रालयले जनाएको छ ।

गृहमन्त्री रमेश लेखकले उद्दार, राहत तथा घाइतेको स्वास्थ्य र अवरुद्ध सडक सुचारु गर्न सरकार लागि परेको बताएका छन् ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  ६ : ४१ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह