उदयपुरको बेलका क्षेत्रमा सप्तकोशीको बाढी पस्यो, एक हजारबढी घर उच्च जोखिममा | Khabarhub Khabarhub

उदयपुरको बेलका क्षेत्रमा सप्तकोशीको बाढी पस्यो, एक हजारबढी घर उच्च जोखिममा


१२ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


768
Shares
  • change font
  • change font
  • change font

उदयपुर– अविरल वर्षापछि जिल्लाको बेलका नगरपालिका–३ स्थित भाटेपुललगायत क्षेत्रमा सप्तकोशी नदीको बाढी पस्दा करिब एक हजार ५०० घर बाढीको उच्च जोखिममा परेका छन् ।

बेलका नगरपालिका प्रमुख अशोक कार्कीकानुसार वडा नं ३ को भाटेपुल क्षेत्र र वडा नं ८ को लाहुरेखोचमा बाढी पसेपछि ती परिवार उच्च जोखिममा परेका प्रहरीले जनाएको छ । यसरी जोखिममा परेका करिब एक सय ५० जनालाई आजै नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा उद्धार गरेर अन्य सारिएको बेलका नगरपालिकाले जनाएको छ ।

यस्तै, बेलका—३ को श्रीलङ्का टापु र चिचिलिया टापु क्षेत्रमा पनि बाढी पस्न थालेपछि हाल सुरक्षाकर्मी र स्थानीय मिलेर उद्धारको प्रयास भइरहेको नगरप्रमुख कार्कीले जानकारी दिए।

नगर उपप्रमुख जिरा राईले सप्तकोशीमा पानीको बहाव निरन्तर बढ्दै गइरहेकाले वडा नं १, २, ३, ५, ६, ७, ८ लगायतका वडा बढी जोखिममा परेका बताए। प्रभावित क्षेत्रका जनतालाई सुरक्षा निकायको सहयोगमा उद्धार कार्य गरी नजिकैको विद्यालय तथा क्याम्पसमा राख्ने काम भइरहेको उनले जानकारी दिए।

यस्तै नगरको वडा नं ८, २ र ३ का नदी तटीय क्षेत्रका होटल, रिसोर्टसमेत डुबानमा पर्न थालेका छन् । हाल नगरको चिलिया र श्रीलङ्का टापुलाई नदीको बाढीले घेरेको कारण यहाँका नागरिकको उद्धार गर्ने प्रयास भइरहेको नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  ७ : १३ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग