समाचार

कोशीमा बाढी र पहिरोमा परि मृत्यु हुनेको सङ्ख्या ८ पुग्यो, ९ जना बेपत्ता

By खबरहब

September 28, 2024

विराटनगर– अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परी कोशी प्रदेशमा मृत्यु हुनेको सङ्ख्या ८ पुगेको छ ।

धनकुटा, इलाम र पाँचथरमा गरी मृत्यु हुनेको सङ्ख्या ८ पुगेको छ भने ९ जना अझै बेपत्ता भएका छन्।

सो बाढी पहिरोमा परी चार जना घाइते भएका छन् । 

झापा र इलाम जिल्लाको पाँच ठाउँमा सडक अवरुद्ध भएको कोशी प्रदेश प्रहरी प्रहरी कार्यालयका प्रवक्ता एसएसपी भीम दाहाल बताए ।