समाचार

बाढी पहिरोमा परि ललितपुरमा मात्रै २० जनाको मृत्यु, १५ बेपत्ता  

By खबरहब

September 28, 2024

काठमाडौं– बिहिबारदेखिको अविरल वर्षाले आएको बाढी पहिरोका कारण ललितपुर जिल्लामा मात्रै २० जनाको मृत्यु भएको छ । 

 यस्तै १५ जना बेपत्ता भएका छन् । बागमती गाउँपालिकाको एउटा वडा बाहेक सबैको काठमाडौं र मकवानपुरसँग  सडक संजाल टुटेको छ। 

विभिन्न स्थानमा विद्युत सेवा पनि अवरुद्ध छ । बागमती, खानी खोला लगायतको वितण्डा व्यापक छ ।