अविरल वर्षाका कारण पर्सामा ८३ घरधुरी डुबानमा « Khabarhub

अविरल वर्षाका कारण पर्सामा ८३ घरधुरी डुबानमा


१२ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

पर्सा – अविरल वर्षाका कारण पर्सामा ८३ घरधुरी डुबानमा परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साकाका अनुसार अविरल वर्षाको कारण मानवीय क्षति नभए पनि यहाँका ८३ घरधुरी डुबानमा परेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक दीपक भारतीले अविरल वर्षाले पर्सा जिल्लामा मानवीय क्षति नभए पनि वर्षाका कारण जिल्लाका ८३ घरधुरीमा डुबानमा परेको जानकारी दिए । “वीरगञ्ज महानगरपालिका–११ रानीबाटस्थित डोमबस्तीका २७ घरधुरीमा बसोबास गर्दै आइरहेका सर्वसाधारणलाई सुरक्षित स्थानमा सारेका छौँ,” उनले भने, “वस्तीमा पानी पस्न थालेपछि प्रभावितलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ ।”

पर्सा प्रहरीका अनुसार वीरगञ्ज महानगर क्षेत्रका ४२ घरधुरीमा डुबानको समस्या देखिएको छ । पर्सा प्रहरीका अनुसार वीरगञ्ज महानगरपालिका लालपर्सास्थित भेडाहा खोलामा आएको वर्षाको कारणले वीरगञ्ज महानगरपालिका–३० स्थित ब्रह्माटोलस्थित छेउछाउमा रहेका १० वटा फुसका घर डुबेको छ । फुसका घरमा बसोबास गरेका सर्वसाधारणलाई वडा कार्यालयमा राखिएको पर्सा प्रहरीले जनाएको छ ।

वीरगञ्जदेखि भिष्वाको जाने सडक पनि अवरुद्ध भएको छ । त्यसैगरी, पकाहामैनपुर गाउँपालिकामा पनि ३६ घरधुरीमा डुबानको समस्या देखिएको छ । पर्सा प्रहरीका अनुसार भिष्वादेखि सबैठा जाने सडकको आवतजावत पनि अवरुद्ध भएको छ । बहुदरमाई नगरपालिका पनि पाँच घरधुरीमा डुबानको समस्या देखिएको छ । वीरगञ्ज महानगरपालिका–१ र २ मा पर्ने छपकैयास्थित भकुवामा नालाको पानी ‘ओभरफ्लो’ भएर वस्तीमा पानी छिरेको छ ।

वीरगञ्ज महानगरको वडा नम्बर क्रमशः ५, ६ र ७ मा कुमालटोलमा नालाको पानी ओभरफ्लो भएर बस्तीमा पनि छिरेको थियो । वीरगञ्ज महानगरपालिका–३० स्थित सर्वोत्तम फ्याक्ट्रीदेखि लालपर्सा जाने खेतको भित्री बाटोमा अविरल वर्षाको कारणले पानी जमेर बाटो अवरुद्ध भएको छ ।

वीरगञ्ज महानगरदेखि विन्दवासिनी गाउँपालिकातर्फ जाने तिलावे पुलबाट २० मिटरभन्दा परको सडक चर्किएको छ । पानी ओभरफ्लो हुँदा सो सडक क्षति भएको प्रहरीले जनाएको छ । त्यसैगरी, वडा प्रहरी कार्यालय श्रीपुरको पनि ५० मिटर पर्खाल भत्किएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  ८ : २२ बजे

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले

गृहमन्त्री गुरुङद्वारा जीवित देवी कुमारीको दर्शन

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले जीवित देवी कुमारीको दर्शन गरेका छन्

कांग्रेस सभापति थापाले लिए शपथ

काठमाडौँ- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको

लिग २ : क्यानडाद्वारा नेपालसामु २ सय ५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत शनिबारको खेलमा क्यानडाले नेपालसामु

सेनाको विपद् प्रतिकार्य : समन्वय र सहकार्यको उत्कृष्ट संयोजन

काठमाडौं–  नेपाली सेनाले भोटेकोशी बाढीपछि  विपद्का घटनामा गरिएको खोज, उद्धार