सिरहाको लहानमा बाढी पस्यो, ७० घरपरिवार उच्च जोखिममा « Khabarhub

सिरहाको लहानमा बाढी पस्यो, ७० घरपरिवार उच्च जोखिममा


१२ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

सिरहा – लगातारको वर्षासँगै सिरहाको लहान नगरपालिका–४ स्थित सुन्दरपुरमा बलान नदीमा आएको बाढी बस्तीमा पसेको छ । पानीको बहाव उच्च हुँदा नदीले तटबन्द भत्काएर बस्ती पसेको हो ।

घरका सामान र लत्ताकपडा नजिकैै रहेको मदरसामा सारिएको पीडित मो. सदरुर मियाले बताए । उनले भने, “एक्कासि बाढी बस्ती प्रवेश गरेपछि ज्यान जोगाउन मानिसहरूको भागाभाग भयो । बाढी अलि कम भएपछि बाँकी रहेका भाँडाकुँडा र लत्ताकपडा मदरसामा सारिएको छ ।” रातभर कसरी बस्ने भन्ने चिन्तामा रहेको उनले बताए ।

वर्षा जारी रहे वडा कार्यालयसँग समन्वय गरी बस्तीका मानिसहरूलाई राति नै सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तयारी गरिएको गरिएको इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीले जानकारी दिए ।

उनका अनुसार बाढी बस्ती पसेपछि सुन्दरपुर र इस्लामपुरका करिब ७० घरपरिवार बिचल्लीमा परेका छन् । प्रभावितहरूलाई सार्वजनिक हलमा खानेबस्ने व्यवस्थासहित सार्ने तयारी गरिएको वडा नं ४ का वडाअध्यक्ष रामनाथ पण्डितले जानकारी दिए ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  ८ : २७ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली