न्यूक्यासल युनाइटेडसँग बराबरीमा रोकियो म्यानचेस्टर सिटी | Khabarhub Khabarhub

न्यूक्यासल युनाइटेडसँग बराबरीमा रोकियो म्यानचेस्टर सिटी


१२ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- डिफेन्डिङ च्याम्पियन म्यानचेस्ट सिटी इङ्लिस प्रिमियर लिगअन्तर्गत शनिबार भएको खेलमा न्यूक्यासल युनाइटेडसँग बराबरीमा रोकिएको छ ।

शनिबार सम्पन्न इङलिस प्रिमियर लिगअन्तर्गतको खेलमा म्यानचेस्टर सिटी न्यूक्यासलसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

खेलमा म्यानचेस्टर सिटीका लागि खेलको ३५औँ मिनेटमा जोस्को ग्भारडिओलले गोल गरेका थिए । न्यूक्यासलका लागि खेलको ५८औं मिनेटमा पाएको पेनाल्टीमार्फत एन्थोनी गोर्डनले गोल गरे ।

यस सिजनमा अपराजित म्यानचेस्टर सिटीको यो दोस्रो बराबरी हो । यो खेलपछि म्यानचेस्टर सिटीको ६ खेलमा १४ अंक भएको छ । सिटी लिगको शिर्ष स्थानमा छ ।

न्यूक्यसल युनाइटेडको पनि यो यस सिजनको दोस्रो बराबरी हो । यस खेलपछि न्यूक्यसलको ६ खेलमा ११ अंकसहित लिगमा पाँचौं स्थानमा छ ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  ८ : २८ बजे

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’