झ्याप्ले खोलामा पहिरोले पुरेको विङ्गरबाट सातवटा शव निकालियो « Khabarhub

झ्याप्ले खोलामा पहिरोले पुरेको विङ्गरबाट सातवटा शव निकालियो


१२ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


735
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नौबिसे नागढुंगा सडकखण्डस्थित सुरुङमार्गनजिक रहेको झ्यापले खोलामा पहिरोले पुरिएको विङ्गरबार सातवटा शव निकालिएको छ ।

१२ जना यात्रु सवार रहेको भनिएको पहिरोले पुरिएको उक्त विङ्गरबाट शनिबार साँझसम्म सातवटा शव निकालिएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ । झ्याप्ले खाेलामा पुरिएकाे विङ्गर बसमा सवार १२ जना नै पुरिएकाे अनुमान छ ।

उनीहरू सबै जीवित रहन सक्ने सम्भावना नरहेकाे धादिङको धुनबेँसी नगरपालिका वडा नं. ९ का अध्यक्ष माधवप्रसाद सिलवालले बताए । उनका अनुसार अहिले विङ्गर निकाल्ने काम भइरहेको छ ।

झ्याप्ले खोलामा बुटवलबाट काठमाडौं आउँदै गरेको लु १ ज ४५७८नम्बरको विङ्गर पुरिएको थियो । जसका चालक रमेश लुइँटेल थिए । अहिले पनि त्यहाँ उद्धारकार्य जारी रहेकाले झिकिएका शवको पहिचान हुन सकेको छैन ।

लेदोसहितको पहिरोमा पुरिएको विङ्गर बुटवलबाट काठमाडौं आउने क्रममा पुरिएको हो । लेदोसहितको पहिरो हटाउने कार्यसँगै ७ जनाको शव भेटिएको प्रहरीले जनाएको छ । उद्धारमा जुटेका विक्रम राणाले पनि अहिलेसम्म सातवटा शव झिकिएको जानकारी दिएका छन् ।

झ्याप्ले खोलामा पुरिएको विङ्गर निकाल्ने कामसँगै सुरुङ्गमार्ग आसपासका क्षेत्रका अरु पहिरो पनि धमाधम हटाइँदैछ । शनिबार राति नै काठमाडौं छिर्ने मुख्य नाका एकतर्फी खुल्ने सम्भावना रहेको प्रहरीले जनाएको छ ।

बाटो खुलेपछि बीच बाटोमा अड्किएका गाडीहरूलाई पठाउने तयारी हुँदैछ । अघि बढेका गाडीलाई मुग्लिनको चेकपोस्टमा रोकिनेछ । शुक्रबारदेखि बाटोमा रोकिएका गाडीहरूलाई काठमाडौं प्रवेश गर्न

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  ८ : ५४ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल