नख्खुको बाढीले खोलिदियो सरकारको पोल | Khabarhub Khabarhub

नख्खुको बाढीले खोलिदियो सरकारको पोल

स्थानीयले तीनजनाको उद्धार गर्दा पनि गृहमन्त्री भन्दैथिए- कसैलाई बचाउन सकिएन, पछुतो भयो


१२ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शनिबार बिहान उज्यालो नभइसक्दै काठमाडौँ उपत्यका बाढीको चपेटामा पर्‍यो । खासगरि कोरिडोर र नदी किनारका बस्ती उज्यालो नहुँदै डुबानमा पर्न थालेका थिए ।

ललितपुर महानगरपालिका–१४ नख्खिपोटस्थित नख्खु खोलाको घटनाले सरकारको विपद्‍मा राहत तथा उद्धारमा तयारी कस्तो छ भन्ने कुराको पोल खोलिदिएको छ ।

नख्खु खोलाको बाढी बिहानैदेखि नदी किनारमा रहेको टहरोमा पसेको थियो। टहरको डुबाएपछि बिहानैदेखि त्यसमा बस्ने चारजना च्यादरले लगाएको छानोमाथि चढेर उद्धारको याचना प्रतिक्षामा बसिरहे।

उनीहरूको उद्धारका लागि छिमेकीहरूले पनि गुहार लगाइरहे । तर हेर्दाहेर्दै विशाल रुप लिएको नख्खुको बाढीले टहरो ढाल्न थाल्यो । छिमेकीहरू र फेसबुकमा लाइभ गर्ने मानिसहरू चिच्याइरहे । तर त्यहाँ सुन्न तत्कालै राज्यका कुनै पनि निकायका मानिसहरू पुगेनन् । यस्तो लाग्थ्यो बाढीले उपत्यका घेरिसक्दा सिंहदरबारदेखि राज्यका संयन्त्र मानिने स्थानीय सरकार पनि चीर निद्रामा थिए ।

टहराको छतमा उद्धारको याचनासहित घण्टा बिताउँदा पनि उनीहरूको उद्धार हुन सकेन् । अन्तत: टहरोको एकतर्फको भाग भत्किएर चारै जनालाई नख्खुको बाढीले बगायो । बाढीले उनीहरूलाई बगाइरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भयो। आममानिसले हेरिरहे तर राजधानीमै सरकार भने त्यतिबेलासम्म गायब थियो ।

स्थानीयले बाढीमा बगेका तीन जनाको उद्धार गरे पनि राज्यले अपराह्नसम्म थाहा नै पाउन सकेन ।

शनिबार अपरान्ह गृहमन्त्री रमेश लेखकले यस विषयमा पत्रकारले सोधेको प्रश्नमा भन्दैथिए,‘नख्खु खोलामा मानिसहरू टहराको छतमा बसेको अवस्थामा हामीले कोसिस गर्दा पनि बचाउन सकेनौँ । यसकाप्रति म दुःखी छु । हेलिकप्टर उडाएर रेस्क्यु गर्ने कुरामा भिजिबिलिटी नहुँदा सकिएन ।’

संघीय राजधानीमै सरकारको विपदमा राहत र उद्धारको तत्परता यति कमजोर देखियो भने देशभरको अवस्था कस्तो होला अनुमान गर्न मुस्किल छैन । भलै नख्खुमा चारजनालाई बगाइसकेपछि नेपाली सेनाको हेलिकप्टर त्यस आसपासमा उद्धारका लागि पुगेको थियो ।

नख्खुको बाढीमा यसरी बगे

नख्खु खोला किनारको टहरोमा चार वर्षदेखि रौतहटका ४० वर्षीय राजु साहको परिवार बस्थ्यो । राजुसहित उनका २८ वर्षीय भाइ राज, दुईजना छोरीहरू ६ वर्षीया मेघना र ५ वर्षीया सेतु बसिरहेका थिए ।

उनीहरू फलाम वेल्डिङको काम गर्ने मिस्त्री थिए । बिहान ७ बजेसम्म अवस्था नाजुक बनिसकेको थियो । उनीहरू टहराको छतमा बसेर उद्धारको गुहार लगाइरहेका थिए ।

स्थानीय जनप्रतिनिधिले नगर प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनासँग हेलिकप्टरमार्फत हवाई उद्धारका लागि भने । प्रहरी केहीबेरमा उद्धारका लागि पर्याप्त संशाधन बिना नै पुगेको स्थानीय प्रत्यक्षदर्शीले बताए ।

सामान्य डोरीको भरमा उद्धार प्रयास सम्भव भएन । अन्य समयमा व्यापक प्रचार गर्ने गरिएको नगर प्रहरीसमेत संकटमा उपस्थित नभएको स्थानीयको गुनासो छ ।

चारैजना टहरो भत्किएर बाढीमा बगेपछि अरु स्थानीय रमिते भएका थिए । तर त्यहीँ हेरिरहेका काभ्रेको तेमाल–९ का ३३ वर्षीय चणिकलाल तामाङले बाढीमा हेलिएर तीन जनालाई सकुशल उद्धार गरे ।

उनले एकजना बालिकालाई भने उद्धार गर्न नसकेको बताए । उनी बेपत्ता छिन् । उद्धारपछि तीन जनालाई पाटन अस्पताल लगिएको थियो। उनीहरू अहिले सामान्य अवस्थामा छन् ।

उपत्यकामा ३४ जनाको मृत्यु

तीन दिनदेखिको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानका कारण उपत्यकाका तीन जिल्लामा मात्रै ३४ जनाको मृत्यु भएको छ । जसमा काठमाडौंमा ११, ललितपुरमा १८ र भक्तपुरमा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  ९ : २६ बजे

सरकार बनेको एक महिनापछि दलहरूसँग संवाद गर्दै प्रधानमन्त्री 

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय दलका मुख्य नेताहरूसँग संवादका लागि

घट्यो सुनको मूल्य

काठमाडौं– सुनको मूल्य तोलामा चार हजार ८०० रुपैयाँले घटेको छ ।

असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छ : प्रचण्ड

ललितपुर– नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल

लहानमा ‘ओभरपास’ र्निर्माण पुनः सुरु

सिरहा– पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुर–कमला सडक विस्तारका क्रममा लहानमा तीन महिनादेखि

पर्यटकीय सम्भावनाको केन्द्र दाङको राजाकोट

दाङ– दाङको दङ्गीशरण गाउँपालिका–२ स्थित राजाकोट पछिल्लो समय पर्यटकको आकर्षण