कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड ६ लाख क्युसेक नाघ्यो, अवस्था अतिजोखिमपूर्ण « Khabarhub

कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड ६ लाख क्युसेक नाघ्यो, अवस्था अतिजोखिमपूर्ण


१२ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

विराटनगर- सप्तकोशी नदीस्थित कोशी ब्यारेजमा पानीको बहाव विस्फोटक अवस्थामा पुगेको छ ।

शनिबार राति ९ बजेसम्मको मापनमा कोशी नदीमा पानीको बहाव प्रतिसेकेण्ड ६ लाख क्युसेक नाघेको छ ।

पानीको बहाव उच्च भएपछि सुनसरी र सप्तरी जोड्ने कोशी व्यारेजस्थित सप्तकोशी नदीको पुलमाथिबाटै बाढी बगिरहेको छ ।

पछिल्लो समय कोशी ब्यारेज कन्ट्रोल रुमले गरेको मापनअनुसार ६ लाख क्युसेक पुगेको सुनसरीका प्रहरी नायव उपरीक्षक नविनकृष्ण भण्डारीले जानकारी दिए ।

कोशी ब्यारेज भएर पानीको बहाब अत्यधिक बढेपछि पुलमाथिबाट पानी बगेको छ । बाढी कोशीको पुलमाथिबाट पनि बगेको उनले जानकारी दिए ।

बाढीको बहाव उच्च भएपछि कोशीमा सवारी आवतजावत पनि बन्द गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए ।

कोसी ब्यारेजमा पानीको बहाव बढेपछि ब्यारेजको ५२, सुनसरी नहरको दुई र सप्तरीतर्फ नहरको दुई गरेर ५६ वटै ढोका खोलिएको छ ।

पानीको बहाव उच्च भएपछि सवारी तथा मानिसको अवागमनमा अर्को सूचना जारी नहुनजेलसम्मका लागि बन्द गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए ।

पानीको बहावले विस्फोटक रुप लिन थालेपछि ब्यारेजका सबै ५६ वटै ढोका खोलिएका छन्। ब्यारेजका सबै ढोका खोलिँदा पनि पानी पुलमाथिबाट गइरहेको छ ।

त्यहीकारण अहिले कोशी ब्यारेजको पुलबाट आवतजावत बन्द गरिएको छ । बाढीले विस्फोटक रुप लिएपछि भारतले बिहारतर्फ बिहानैदेखि उच्च सतर्क अवस्थामामा सरकारी निकायलाई राखेको छ ।

भारतको निगरानीमा रहने कोशी ब्यारेजको पुलमा सवारी साधन चलाउन पनि निषेध गरिएको छ ।

सप्तकोशी जलमापन केन्द्रले कोशी ब्यारेजमा एक लाख ५० हजार क्युसेक बहाव हुनेबित्तिकै खतराको सूचक भन्दै रातो झन्डा र बत्ती बाल्ने गरेको छ । तर अहिले कोशीमा पानी त्यसको चार गुणाभन्दा धेरै पुग्दा पुल नै जोखिममा परेको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  ९ : ५३ बजे

सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित

रास्वपाको चुनावी अभियान : इलाममा बालेन क्रेज

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवम्

ओली-बालेन भिडन्त : जेन-जी समर्थक र विरोधीको जनमत संग्रह

एमाले अध्यक्ष केपी शर्मा ओली नेपालका केही गणनायोग्य अपराजेय नेताहरु

म्याग्दीको लामाखेतमा नदी नियन्त्रणको काम हुँदै

म्याग्दी– म्याग्दीको लामाखेतमा नदी नियन्त्रणको काम सुरु भएको छ ।

काँकरभिट्टाबाट छ महिनामा नौ अर्ब ७७ करोडको पेट्रोलियम पदार्थ आयात

झापा – चालु आर्थिक वर्ष २०८२-८३ को पुस मसान्तसम्म पूर्वी