बाढीपहिरोमा परेका जनताको उद्धारमा जुट्न माओवादी केन्द्रको अपिल « Khabarhub

बाढीपहिरोमा परेका जनताको उद्धारमा जुट्न माओवादी केन्द्रको अपिल


१२ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले बाढी, पहिरो र डुबानमा परेका जनताको उद्धारमा जुट्न पार्टीपंक्ति, मोर्चा र आमनागरिकलाई अपिल गरेको छ ।

आज विज्ञप्ति जारी गरी विपत्को समयमा मानवीयताको उच्च प्रदर्शन गर्दै समस्यामा परेका नागरिकहरूको सहयोगका लागि सक्रियतापूर्वक जुट्न पार्टीले अपिल गरेको हो ।

“दुई दिनयता परेको भारी वर्षाका कारण देशभर बाढी, पहिरो र डुबानले जनजीवन अस्तव्यस्त बनेको छ, मनसुनजन्य विपत्तिका कारण आज धेरै मानवीय क्षति भएको छ । धेरै घाइते र सम्पर्क बाहिर रहेका प्रारम्भिक तथ्याङ्क सार्वजनिक भएको छ । एकपछि अर्को गर्दै देशभरबाट दुःखद खबर आउने क्रम जारी छ ।त्यसैले यो विपत्को समयमा उच्च सतर्कतासहित उद्धारमा खट्न अपिल गर्दछौँ”, विज्ञप्तिमा भनिएको छ,“जल तथा मौसम विज्ञान विभागलगायतका सम्बद्ध निकायहरूले एक हप्ता अघिदेखि नै यस किसिमको बर्सात र सम्भावित क्षतिको पूर्वानुमान गरेको भए पनि पूर्वतयारीमा आवश्यक ध्यान दिन नसक्दा ठूलो जनधनको क्षति भएको छ । विपत्तिपूर्ण घडीमा पीडित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि सरकारले तत्काल आवश्यक कदम चाल्नु आवश्यक छ ।”

यस्तै, दसैँ, तिहार, छठलगायत चाडपर्वलाई ध्यानमा राखेर बन्द रहेका सडकमार्ग यथासक्य छिटो खुलाउन सरकारको ध्यान केन्द्रित गर्न आग्रह गरिएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  १० : २३ बजे

हिमपातपछि जुम्लामा जाडोले जनजीवन प्रभावित

जुम्ला– हिमपात परेसँगै बढेको जाडोले यहाँको जनजीवन प्रभावित भएको छ

श्रम नगरी देश बन्दैन : हर्क साम्पाङ

दमौली – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले श्रम नगरी

महिला टी–२० विश्वकप ग्लोबल छनोट : नेपाल स्कटल्यान्डसँग पराजित

काठमाडौं– आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल स्कटल्यान्डसँग पराजित

आजदेखि डुम्रे–बेँसीसहर सडक तीन दिन बन्द

लमजुङ– लमजुङ तनहुँ जोड्ने मुख्य सडक डुम्रे–बेँसीसहर सडक आजदेखि तीन

राष्ट्रिय झण्डा प्रयोग गर्दा संयम हुन कांग्रेसको निर्देशन

काठमाडौं – नेपाली कांग्रेसले चुनावी अभियानका क्रममा राष्ट्रिय झण्डाको प्रयोग