विपदबाट पीडितलाई बागमती सरकारले तत्काल राहत दिने « Khabarhub

विपदबाट पीडितलाई बागमती सरकारले तत्काल राहत दिने


१२ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

बागमती – बागमती प्रदेश सरकारले बाढी तथा पहिरोलगायत विपद्बाट पीडित नागरिकलाई तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रदेश सरकारको आज साँझ बसेको आकस्मिक बैठकले विपद्बाट भएको क्षतिको यकिन गरी प्रदेश विपद् व्यवस्थापन कोष परिचालन कार्यविधि २०८० बमोजिम प्रदेश सरकारका तर्फबाट विपद्बाट पीडित नागरिकलाई तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको हो ।

विपद्बाट प्रभावित नागरिकहरूलाई थप सहयोगका लागि नेपाल सरकारसमक्ष आग्रह गर्ने निर्णय भएको मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले जानकारी दिए ।

बैठकले अविरल वर्षाका कारण भएको क्षतिका सम्बन्धमा खोज, उद्धार र राहतलाई थप प्रभावकारी बनाउन जिल्ला तथा स्थानीय विपद् व्यवस्थापन समिति तथा सुरक्षा निकायसँग समन्वय र सहकार्य गर्ने, प्रदेश सरकारका सम्बन्धित मन्त्रालय र निकायहरूले आ–आफ्नो विषयसँग सम्बन्धित क्षतिको विवरण तत्काल सङ्कलन गर्ने निर्णय गरेको मुख्यमन्त्री लामाले बताए ।

विपद्बाट घाइते व्यक्तिहरूको शीघ्र स्वास्थ्य उपचारका लागि चिकित्सकीय टोली तथा आवश्यक औषधी तथा उपकरणहरूको व्यवस्थापन प्रदेश स्वास्थ्य मन्त्रालयले व्यवस्था गर्ने, तत्काल नागरिक आवागमन सहज बनाउन अवरुद्ध सडकहरूको मर्मत तथा व्यवस्थापनका लागि भौतिक पूर्वाधार विकास मन्त्रालयले कार्य प्रारम्भ गर्ने निर्णय गरेको उनले बताए ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  १० : २७ बजे

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा