उद्धार कार्यमा खटिन रास्वपाद्वारा पार्टी सदस्यहरुलाई निर्देशन « Khabarhub

उद्धार कार्यमा खटिन रास्वपाद्वारा पार्टी सदस्यहरुलाई निर्देशन


१२ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जोखिमपूर्ण अवस्थामा रहेका नागरिकको उद्धार कार्यमा खटिन पार्टी सदस्यहरूलाई निर्देशन दिएको छ ।

पार्टीका केन्द्रीय सदस्य, संसदीय दलका सदस्य, प्रदेश, जिल्ला समिति तथा ‘र्यापिट टिम’को आज बसेको संयुक्त बैठकले देशभर अविरल वर्षाका कारण उत्पन्न विपद्को परिस्थितिमा उद्धार कार्यमा खटिन आफ्ना सबै तहका सदस्यहरुलाई आठ बुँदे निर्देशन जारी गरेको हो ।

आफूले गरिरहेको कामका बारेमा सम्बन्धित निकायलाई सूचित गर्न सुझाव दिँदै अनावश्यक प्रचारबाजी नगर्न सूसुचितसमेत गराएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिनुभयो । “देशमा आपत् परेको बेला हामीले आफ्नो लागि युनिफर्म खोजिरहने होइन, जिम्मेवार नागरिकका रूपमा उद्धार कार्यमा खटिनु पर्र्छ”, पार्टीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

उद्धार कार्यमा संलग्न हुँदा आफ्नो सुरक्षालाई पनि ध्यान दिन आग्रह गर्दै रास्वपाले सम्बन्धित सुरक्षा निकायसँग समन्वय गरेर आफूले जानेको र सक्ने तवरले उद्धार कार्यमा लाग्न निर्देशन दिएको हो । कार्यवाहक प्रवक्ता झाले उद्धारका नाममा कसैसँग राहत तथा पैसा उठाउने काम नगर्न र नगराउन पार्टी पङ्क्तिलाई निर्देशन दिएको बताउनुभयो । यस्तै सबै जिल्लामा भइरहेको समन्वय र सहयोगको कार्यबारे स्थानीय प्रशासनलाई जानकारी गराउन निर्देशन दिएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  ११ : ३३ बजे

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई