कार्यवाहक प्रधानमन्त्री सिंहले बोलाए सर्वदलीय बैठक « Khabarhub

कार्यवाहक प्रधानमन्त्री सिंहले बोलाए सर्वदलीय बैठक


१२ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक बोलाएका छन् । आइतबार दिउँसो १ बजे सिंहदरबार बस्ने गरि सर्वदली बैठक बोलाइएको सिंहको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार अविरल वर्षापछिको बाढिपहिरोका कारण आएको विपतपछिको राहत, उद्दार र धनजनको क्षतिका बारेमा छलफल गर्न बैठक बोलाइएको हो ।

यसअघि सरकारले लगातारको वर्षापछि बाढी–पहिरोमा परि ज्यान गुमाएकाका परिवारलाई क्षतिपूर्ति र राहत दिने निर्णय गरेका थियो ।

लगातार तीनदेखि परेको वर्षाका कारण देशभरको जनजीवन प्रभावित भएको छ । बाढी, पहिरो र डुबानबाट शनिबार साँझसम्म मृत्यु हुनेको सङ्ख्या ८७ जना पुगेको छ । काठमाडौँ उपत्यकामा मात्रै ४८ जनाको मृत्यु भएको छ । काठमाडौँमा २५, भक्तपुरमा पाँच र ललितपुरमा १८ जनाको मृत्यु भएको छ । यस्तै कोशी प्रदेशमा १० र बागमती प्रदेशमा २९ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  ११ : ४४ बजे

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ