पार्टीको तानाशाही प्रवृत्तिको प्रतिवाद गरौँ : भीम रावल « Khabarhub

पार्टीको तानाशाही प्रवृत्तिको प्रतिवाद गरौँ : भीम रावल


१२ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


432
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एमाले नेता भीम रावलले पार्टी नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सुदूरपश्चिम प्रदेश कमिटी, अछाम र कैलाली जिल्ला कमिटीका सदस्यहरूलाई स्पष्टीकरण सोधिएको प्रति आपत्ती जनाएका हुन् ।

उनले एमालेको जबज, परम्परा र संवैधानिक हक विपरित कुनै बैठक र छलफल बिना नै पार्टी सदस्यहरूलाई स्पष्टीकरण सोध्ने र धम्क्याउने काम भएको बताएका छन् ।

नेता रावलले पार्टीको तानाशाही शैलीविरुद्ध न्यायप्रेमी, इमानदार र सिद्धान्तनिष्ठ व्यक्तिहरूलाई विरोध र प्रतिवादमा उत्रन समेत आग्रह गरेका छन् ।

उनले भनेका छन्, ‘एमालेको जबज, परम्परा र संवैधानिक हक विपरीत कुनै बैठक र छलफल बिना पदको दुरुपयोग गर्दै सुदूरपश्चिम प्रदेश कमिटी, अछाम र कैलाली जिल्ला कमिटीका सदस्यहरूलाई तानाशाही शैलीमा स्पष्टीकरण सोध्ने र धम्क्याउने गलत कार्यको सबै न्यायप्रेमी, इमानदार र सिद्धान्तनिष्ठ व्यक्तिहरूले विरोध र प्रतिवाद गरौँ !

प्रकाशित मिति : १२ कार्तिक २०८१, सोमबार  १० : १० बजे

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा