सरकार कसैप्रति पूर्वाग्रही छैन : उपप्रधानमन्त्री सिंह « Khabarhub

सरकार कसैप्रति पूर्वाग्रही छैन : उपप्रधानमन्त्री सिंह


१२ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले सरकार विधिको शासन कायम गर्न लागिपरेको बताएका छन् ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति चितवनले आज आयोजना गरेको दीपावली विशेष कार्यक्रममा उपप्रधानमन्त्री सिंहले उनले सरकार कसैप्रति पूर्वाग्रही नभएको प्रष्ट पारे ।

उनले भने, ‘कांग्रेस एमालेको संयुक्त सरकारले कसैप्रति द्वेषभाव राखेको छैन र राख्दैन पनि । सरकारले कसैलाई लखेट्नुपर्ने कारण छैन । सरकारले विधिको शासन कायम गर्दछ । विधिको शासन लागू गर्दा हामीलाई लागू हुनुहुँदैन । हामी नयाँ पार्टी हौँ भन्न मिल्छ ?’

उनले आफूलाई वैकल्पिक शक्तिहरू भन्नेहरुले कानुनको पालना गर्न नपर्ने भन्दै प्रश्न गरे ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई लक्षित गर्दै उनले वैकल्पिक पार्टीमा इमान्दारिता नदेखिएको बताए । उनले भने, ‘हामी वैकल्पिक पार्टी हौँ भन्नेहरुको हविगत नदेखेको होइन । अघिल्लो चुनावमा आएका वैकल्पिकहरू अहिले कहाँ छन् ? अहिले आएकाहरूको पनि हालत त्यही हुने हो । यिनीहरूमा इमान्दारिता हुनुपर्दैन ?

सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछाने यतिबेला कास्की प्रहरीको हिरासतमा छन् । उनको रिहाईको माग गर्दै रास्वपा निरन्तर सडक आन्दोलनमा छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८१, सोमबार  ११ : ५६ बजे

राष्ट्रपतिले जारी गरे विपदसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले एक अध्यादेश जारी गरेका छन् ।

दसैँअघि नै उखु किसानलाई भुक्तानी दिन मन्त्री चौधरीको निर्देशन

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले दसैँअघि नै उखु

दशैंमा उपत्यकाका ६ ठाउँबाट ग्यास बिक्री गरिने, जुनसुकै ब्राण्डको सिलिण्डर साटफेर गर्न पाइने

काठमाडौं– नेपाल एलपी ग्यास उद्योग संघले उपत्यकामा चाडबाडको समयमा खाना

एमालेले पार्टीका रिक्त पदमा मनोनयन गर्ने

काठमाडौं– नेकपा एमाले स्थायी कमिटी बैठकमा पार्टीका रिक्त पदमा मनोनयन

कांग्रेस महाधिवेशनमा सभापतिको मतगणना आजै सुरु गरिने, अरुबारे निर्णय हुन बाँकी

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान जारी