‘भ्रष्टाचारविरुद्ध सरकार कठोर छ, शून्य सहनशीलताको नीति अपनाउँछ’ « Khabarhub

‘भ्रष्टाचारविरुद्ध सरकार कठोर छ, शून्य सहनशीलताको नीति अपनाउँछ’


१२ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गृहमन्त्री रमेश लेखकले भ्रष्टाचारबारे शून्य सहनशीलताको नीति अप्नाउने कुरामा सरकार प्रष्ट रहेको बताएका छन् ।

सोमबार सिंहदरबारस्थित प्रतिनिधि सभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले सरकार भ्रष्टाचार निवारण-नियन्त्रणबारे शून्य सहनशीलताको नीति अप्नाउने कुरामा प्रष्ट रहेको बताए ।

त्यसलाई कार्यान्वयन गर्नका लागि भ्रष्टाचारलाई पूर्ण रुपमा निर्मूल गर्न कानुन र विधयेकहरू प्रस्तुत भएको धारणा लेखकले राखेका छन् ।

‘प्रस्तुत विधयेक चाँडोभन्दा चाँडो समितिबाट टुंगो लगाएर आउने अधिवेशनमा पूर्णता दिने कुरामा समितिले काम गरिदेओस भन्ने सरकारकातर्फबाट आग्रह छ’, उनले भने, ‘यी विधयेक प्राथमिकतामा छन्, तुरुन्त पारित गरेर कानुन बनाउनुपर्छ ।’

उनले आउँदो अधिवेशबाट पारित गरेर कार्यान्वयनमा ल्याउन समितिले टुंगोमा पुर्‍याएर संघीय संसदको अधिवेशनमा प्रस्तुत गर्न आग्रहसमेत गरे ।

‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र भ्रष्टाचार निवारण ऐनसम्बन्धी ऐनलाई समसायिक रुपले परिमार्जन र संशोधन गर्न विधयेक प्रस्तुत गरिएका छन्’, उनले भने, ‘जुन सम्मानित समितिमा विचाराधीन रहेको अवस्था छ ।’

प्रकाशित मिति : १२ कार्तिक २०८१, सोमबार  २ : २२ बजे

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर

पहिरोका कारण मङ्गलामा १६६ परिवार प्रभावित

म्याग्दी – गत असोज महिनाको दोस्रो साता परेको निरन्तरको झरीपछिको

अवरुद्ध बिपी राजमार्ग सञ्चालन

काभ्रे – अविरल वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गका विभिन्न

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले