सुरु भयो अनमोलको ‘जेरी अन टप’को छायाङ्कन « Khabarhub

सुरु भयो अनमोलको ‘जेरी अन टप’को छायाङ्कन


१२ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक अनमोल केसी केन्द्रीय भूमिकामा रहने बताइएको फिल्म ‘जेरी अन टप’को शुभमुहूर्त भएको छ । ललितपुरको पाटनस्थित बङ्गलामुखी मन्दिरमा सोमबार फिल्मको शुभमुहूर्त गरिएको हो ।

शुभ मुहूर्तसँगै आजैबाट फिल्मको छायाङ्कन सुरु हुने निर्देशक सुयोग गुरुङले जानकारी दिए । ५० दिनमा छायाङ्कन सक्ने उनको लक्ष्य रहेको छ । निर्देशक गुरुङका अनुसार यस फिल्मको छायाङ्कन काठमाडौं, लुक्ला र भारतको लद्दाखमा हुनेछ ।

शुभमुहूर्त स्थलमा फिल्मका कलाकार अनमोल, नायिका जसिता गुरुङ, आँचल शर्मा, विपना थापा, केदार घिमिरे ’माग्ने बूढा’ लगायतको उपस्थिति रहेको थियो ।

फिल्ममा उनीहरुसहित भुवन केसी, निर्मल शर्मा र नायिका सुरक्षा पन्तको समेत अभिनय रहने बताइएको छ । भुवन केसी भने अनमोलकै बुवाको भूमिकामा अनुबन्ध भएको बुझिएको छ । विपना भने अनमोलको आमा अर्थात भुवनको जोडीको भूमिका अनुबन्ध भएकी हुन् ।

भुवन तीन वर्षपछि अभिनयमा फर्किएका हुन् । भुवन र विपना करिब १८ वर्षपछि रिल जोडीको भूमिकामा देखिँदैछन् । उनीहरु पछिल्लो समय सन् २००६ मा प्रदर्शनमा आएको फिल्म ‘मानिस’मा जोडी बनेर अभिनय गरेका थिए ।

अनन्या फिल्म्स ब्यानरमा बन्ने यो फिल्मलाई सरोज न्यौपानेले निर्माण गर्न लागेका हुन् । फिल्मको कथा हेमराज बिसीको हो भने पटकथा विश्व तिमिल्सिनाले लेखेका हुन् ।

प्रकाशित मिति : १२ कार्तिक २०८१, सोमबार  १ : ३३ बजे

पहिरो खसेर कर्णालीबासीलाई सताइरहने गगने खोला क्षेत्र (तस्बिरहरू)

कालिकोट– सुर्खेतदेखि जुम्लासम्म ट्रयाक जोडिएको दुई दशक भइसक्दा पनि कर्णाली

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम– पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति

कांग्रेस महाधिवेशन : मतदानको समय दिउँसो १ बजेका लागि सर्‍याे

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि

भारतीय चर्चित अभिनेता नाना पाटेकरको निधन

काठमाडौँ– भारतका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन