स्पेनी प्रधानमन्त्री सान्चेज भारतमा « Khabarhub

स्पेनी प्रधानमन्त्री सान्चेज भारतमा


१२ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजलाई सोमबार भारतीय समकक्षी नरेन्द्र मोदीले भारतमा स्वागत गरेका छन् । 

यसअघि स्पेनी प्रधानमन्त्रीका रूपमा होजे लुइस रोद्रिगेज झपातेरोले भारत भ्रमण गरेका थिए भने प्रधानमन्त्री साञ्चेजले १८ बर्षपछि स्पेनी प्रधानमन्त्रीको रूपमा भारत भ्रमण गरेका छन् ।

भारतको रक्षा मन्त्रालयले सन् २०२१ मा एयरबस डिफेन्स एन्ड स्पेसबाट ५६ कार्गो र सेनाको लागि सी २९५ विमानका लागि २.५ अर्ब डलरको सम्झौता गरेको थियो । 

गुजरात राज्यको वडोदरामा टाटा एडभान्स सिस्टम्स र एयरबसको सहकार्यमा निर्माण गरिएको सैन्य विमान कारखानाको उद्‌घाटन गर्न जाँदै गर्दा सुन्तला रङ्गको सयपत्री फुलको मालाले सजिएको गाडीबाट स्वागतका लागि सडक किनारामा उभिएका भारतीयको आथित्यतालाई दुवै देशका नेताले हात हल्लाएर स्वीकारेका थिए।

स्पेनको सेभिलमा १६ वटा विमानको निर्माण (एसेम्बल) गरिने बताइएकोमा पहिलो विमानको डेलिभरी गत वर्ष गरिएको थियो भने बाँकी ४० वटा विमान भारतमा निर्माण हुनेछन् ।

वडोदरामा रहेको भारतीय विमान निर्माण प्लान्टले सन् २०२६ मा पहिलो ‘मेड इन इन्डिया’ सी २९५ विमान निर्माण सम्पन्न गर्नेछ ।

‘यो कारखानाले भारत–स्पेन सम्बन्धलाई मात्र बलियो बनाउने छैन, ‘मेक इन इन्डिया एन्ड मेड फर द वल्र्ड’ मिसनलाई पनि मजबुत बनाउनेछ,’ मोदीले भने। 

यसले विश्वव्यापी एयरोस्पेस उत्पादनमा एक विश्वसनीय साझेदारको रूपमा भारतको स्थितिलाई पनि बलियो बनाउने उहाको दावी रहेको छ । सान्चेजले एयरबसले भारतको रक्षा र अन्तरिक्ष उद्योगमा नयाँ अध्याय कोरेको बताए। 

‘यो परियोजनाले हाम्रो औद्योगिक सम्बन्धलाई मजबुत बनाउँछ र भरपर्दो र रणनीतिक साझेदारको रूपमा हाम्रो देशको गहिरो प्रतिबद्धतालाई अन्तर्निहित गर्दछ,’ साञ्चेजले भने । यसले स्पेनी रक्षा उद्योगको क्षमता पनि देखाउँछ।

भारतले सन् २०२३ मा ९.९ अर्ब अमेरिकी डलर को व्यापार गरेकोमा ७.१७ अर्ब डलरको निर्यात गरेको छ भने २.७४ अर्ब डलरको आयात गरेको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८१, सोमबार  १ : ४० बजे

टोखाबाट १९ लाख रुपैयाँ बराबरको धनमाल चोरी

काठमाडौं– टोखा नगरपालिका-३ बस्ने तिल सरा पुर्जाको घरबाट सुनका विभिन्न गरगहना

हत्या आरोपमा एकजना पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका-१० इखम्बु बस्ने ४७ वर्षीय लीला प्रसाद राईको हत्या

धोबी खोलो सफाइमा उत्रिए हर्कका समर्थक (तस्बिरहरू)

काठमाडौं– धरानबाट सुरु भएको हर्क साम्पाङको श्रमदान अभियान काठमाडौं प्रवेश

भानु नगरका शिक्षकलाई ‘एआई’ तालिम

तनहुँ– तनहुँको भानु नगरपालिका भित्रका विभिन्न विद्यालयमा सेवारत शिक्षकका लागि

प्रतिनिधिसभा सदस्य निर्वाचन : बैतडीमा एक हजार ४४२ कर्मचारी खटाइने

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि