जलवायुको असरबारे ध्यानाकर्षण गर्न कालापत्थरमा पत्रकार सम्मेलन « Khabarhub

जलवायुको असरबारे ध्यानाकर्षण गर्न कालापत्थरमा पत्रकार सम्मेलन


१२ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

लुक्ला–  ‘दिगो पर्यटनका लागि हिमाल बचाऔँ’ नाराका साथ पहिलो संस्करणको ‘एभरेष्ट टुरिजम अवार्ड, २०२४’ आयोजना हुने भएको छ । 

कालापत्थर ५ हजार ६५३ मिटर उचाइमा पत्रकार सम्मेलन गर्दै एएमएस म्युजिक एण्ड इन्टरटेन्मेन्ट प्रालिका अध्यक्ष सत्यकला तामाङले अवार्ड कार्यक्रम डिसेम्बरमा काठमाडौँमा हुने जानकारी दिइन्  । 

मुलुकको पर्यटन क्षेत्रको विकास, प्रचारप्रसार तथा प्रवर्द्धनमा योगदान पुर्‍याउने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान तथा अवार्ड वितरण गरिने उनले बताइन् । 

उनले भनिन्, ‘कूल ४० देखि ५० वटा विधामा अवार्ड प्रदान गरिनेछ । अवार्ड वितरण गर्न सम्बन्धित विषयविज्ञ सम्मिलित एक मूल्याङ्कन एवं छनोट समिति गठन भइसकेको छ ।’ 

विश्वलाई जलवायु परिवर्तनको अवस्थाबारे बुझाउने अपेक्षा सहित यति माथिको उचाइमा पत्रकार सम्मेलन गरिएको आयोजकको भनाइ छ । सम्मेलनमा कम्पनीका प्रबन्ध निर्देशक फुर्बा ग्याल्बो मोक्तान (थुप्तेन) ले जलवायु परिवर्तनले हिमाली क्षेत्र प्रभावित भएको उल्लेख गर्दै हिमाल बचाउनका लागि ढिला गर्न नहुनेमा जोड दिए । 

त्यस्तै, लुक्लाका पर्यटन व्यवसायी तथा स्टार युथ क्लबको केन्द्रीय अध्यक्ष नाम्गेल शेर्पाले जलवायु परिवर्तनबाट कालापत्थर सबैभन्दा बढी प्रभावित भएको बताए । आरोही मिङ्मा तेञ्जी शेर्पाले आफू १७ वर्षदेखि हिमालमा काम गरिरहेको बताउँदै जलवायु परिवर्तनले हिमाली क्षेत्रमा असर देखिन थालेको उल्लेख गरे । 

पर्यटन व्यवसायी मिङ्मा दोर्जी शेर्पा र आरोही मिङ्मा शेर्पासँगको सहकार्यमा एएमएस म्युजिक एण्ड इन्टरटेन्मेन्टले अवार्ड आयोजना गर्न लागिएको हो । कम्पनीले हालसम्म स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गर्दै आएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८१, सोमबार  १ : ४४ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको