२७ अंकले बढ्यो नेप्से, कारोबार ५ अर्ब ३४ करोड बढी  « Khabarhub

२७ अंकले बढ्यो नेप्से, कारोबार ५ अर्ब ३४ करोड बढी 


१२ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७.४१ अंकले बढेको छ । आज नेप्से १.४ प्रतिशतले बढेर २६४५.३६ विन्दुमा पुगेको छ । ५ अर्ब ३४ करोड ४८ लाख रुपैयाँ बराबरको १ करोड ४ लाख १८ हजार ९२६ कित्ता शेयर किनबेच भएको छ । 

२१३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २८ वटा कम्पनीको शेयर मूल्य घटेको छ । २ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।
३०७ वटा कम्पनी कारोबारमा आउँदा ५८ हजार ५५२ पटक शेयर किनबेच भएको छ । आज ४ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । 

सोमबार १३ वटा समूहमध्ये सबै समूहमा हरियाली छाएको छ । सबैभन्दा बढी फाइनान्स समूह ३.४६ प्रतिशतले बढेर ३ हजार ४८४.६२ विन्दुमा पुगेको छ । सबैभन्दा कम वाणिज्य बैंक समूह ०.३६ प्रतिशतले बढेर १ हजार ५०९.१५ विन्दुमा पुगेको छ । 

त्यस्तै, विकास बैंक १.५७ प्रतिशतले, होटल एण्ड पर्याटन १.१७ प्रतिशतले, हाइड्रोपावर १.५८ प्रतिशतले, लगानी ०.८५ प्रतिशतले, जीवन बीमा १.८५ प्रतिशतले, उत्पादन तथा प्रशोधन १.३४ प्रतिशतले, लघुवित्त १.२६ प्रतिशतले, म्यूचुअल फण्ड ०.७२ प्रतिशतले, निर्जीवन बीमा ०.६४ प्रतिशतले, अन्य समूह ०.५७ प्रतिशतले र ट्रेडिङ समूह ०.७५ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८१, सोमबार  ३ : १५ बजे

एनपीएलको तेस्रो संस्करण आजदेखि, उद्घाटन खेलमा सुदूरपश्चिम र लुम्बिनीबीच प्रतिस्पर्धा

काठमाडौँ– आजदेखि नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) सुरु

कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने कात्तिक

आज सोमबार, भगवान शिवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६

आज २०८३ साल कात्तिक ९ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ