रास्वपालाई एमालेको जवाफ- दुई करोड भोट ल्याए पनि हिरासत बस्नुपर्छ, अनुसन्धान हुन्छ « Khabarhub

रास्वपालाई एमालेको जवाफ- दुई करोड भोट ल्याए पनि हिरासत बस्नुपर्छ, अनुसन्धान हुन्छ


१२ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका सांसद रघुजी पन्तले दुई करोड भोट नै ल्याए पनि भ्रष्टाचार र ठगीको मुद्दामा पक्राउ गरेर अनुसन्धान हुनु पर्ने बताएका छन् ।

सोमबार बसेको संसदको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. चन्दा कार्की भण्डारीले संसद्को चौथो ठूलो दलको सभापति रवि लामिछाने पक्राउ पर्दा जनता सडकमा आउनु स्वभाविक भएको बताएपछि पन्तले यस्तो जवाफ दिएका हुन् ।

रास्वपा सांसद कार्की भण्डारीले २०७९ को आमनिर्वाचनमा १२ लाख मत ल्याएर सदनको चौथो ठूलो भएको दलको सभापति लामिछाने पक्राउ पर्दा जनता सडकमा आउनु स्वभाविक भन्दै यसलाई सरकारले पनि सामान्य रुपमा लिनुपर्ने बताएकी थिइन् ।

‘रास्वपाले न्यायालयलाई प्रभावित गर्न खोजेको होइन । १२ लाख नेपालीले पत्याएको दलको शुभचिन्तक भेला भएर चिन्तन गर्नु सामान्य हो’, उनले भनिन्, ‘रवि लामिछानेको मुद्दा अझैसम्म अदालतमा पुगेको छैन । प्रहरीमा मात्रै पुगेको हो । हाम्रो आन्दोलनमा गलत मनसाय छैन ।’

उनले बैठकमा सभापति लामिछाने चुनावबाट १२ लाख मतदाताले पत्याएको नेता भएको पनि जिकिर गरेकी थिइन् । संसद्‍को चौथो ठूलो पार्टीको सभापति भएकाले पनि उनलाई बाहिरै राखेर अनुसन्धान गर्नुपर्ने जिकिर उनले गरेकी थिइन् । लामिछानेलाई लाखौँ मतदाताले विश्वास गरेकाले उनको पक्षमा भइरहेको प्रदर्शनलाई सरकारले स्वभाविक रुपमा लिनुपर्ने जिकिर उनको थियो ।

सांसद भण्डारीले १२ लाख भोट ल्याएको दाबी गरेपछि एमाले सांसद पन्तले १२ लाख त के २ करोड भोट ल्याए पनि भ्रष्टाचार मुद्दामा पक्राउ र छानबिन गर्न सकिने भन्दै जवाफ दिए ।

‘कसैले दुई करोड मत नै किन नल्याओस् ? कुनै पनि व्यक्तिलाई बिनान्यायिक अनुमति थुनिराख्नु गैरन्यायिक कुरा हो , ’ उनले भने ।

त्यसअघि बैठकमा कांग्रेस सांसद सरिता प्रसाईंले पनि भण्डारीलाई चुनौती दिँदै रविलाई सरकारले भ्रष्टारी नभनेको बताइन् । ‘कानुन त सबैलाई लाग्नुपर्‍यो नि ! सरकारले रवि लामिछानेलाई भ्रष्टाचारी भनेको छैन । कानुनभन्दा माथि कोही छैन, पर्खिनुपर्छ’, उनले भनिन् ।

सांसद प्रसाईंले यसअघि पनि उच्चपदस्थ राजनीतिक व्यक्ति पक्राउ पर्दा कसैले सडकमा आन्दोलन नगरेको र राज्यलाई गाली नगरेको बताइन् ।

‘उनले मुख छोडेर हिँडेको पनि देखेका छैनौँ । यसअघि पक्राउ पर्दा त कोही-कसैले सडकमा आन्दोलन गरेनन् । सरकारलाई गाली गर्दै हिँडेनन्’, उनले भनिन् ।

सहकारी ठगीको आरोपमा पूर्व गृहमन्त्री लामिछाने १२ दिनदेखि कास्की प्रहरीको हिरासतमा छन् ।

पोखराको सूर्यदर्शन सहकारी, बुटवलको सुप्रिम सहकारी, चितवनको सहारा, पर्साको सानोपाइल र काठमाडौंको स्वर्णलक्ष्मी सहकारीबाट रकम लगेर गोर्खा मिडियाको ग्यालेक्सी टेलिभिजनमा लगाएको आरोप रविमाथि छ ।

रवि पक्राउ परेपछि रास्वपा नेता-कार्यकर्ताले राजनीतिक प्रतिशोध साँध्न पक्राउ गरिएको दाबीसहित पोखरा र काठमाडौंको सडक तताइरहेका छन् ।

प्रकाशित मिति : १२ कार्तिक २०८१, सोमबार  ३ : २० बजे

देउवाको जवाफ : कानुनले दिए प्रतिनिधि सभाको टिकटमा अर्कैले हस्ताक्षर गरे हुन्छ

काठमाडौं– नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले महामन्त्रीहरू विश्वप्रकाश शर्मा र

सिंहदरबारभित्र बस्दै राष्ट्रिय सभाको बैठक, यस्तो छ तयारी (तस्बिरहरू)

काठमाडौं– भाद्र २४ गतेको जेन–जी आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित संघीय

सहमति नजुटेपछि सानेपाबाट गगन-विश्वमाथि कारबाही गर्दै कांग्रेस संस्थापन

काठमाडौं : बुधबार बिहान ८ बजेका लागि नेपाली कांग्रेस संस्थापन पक्षले

भोजपुरको षडानन्दमा प्राङ्गारिक कफीखेती कार्यक्रम

भोजपुर– भोजपुरको षडानन्द नगरपालिकाले गरिबी निवारण र किसानको दिगो आयआर्जन

‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’

जनकपुरधाम– गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनलाई सफल बनाउनु सुरक्षा निकायमा आबद्ध