अख्तियारलाई माओवादीको प्रश्न- एमालेलाई मीनबहादुरको जग्गा दान भ्रष्टाचार हो कि होइन? « Khabarhub

अख्तियारलाई माओवादीको प्रश्न- एमालेलाई मीनबहादुरको जग्गा दान भ्रष्टाचार हो कि होइन?


१२ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बाढी पसिररहँदा बिलखबन्दमा परेको नेकपा एमालेलाई व्यवसायी मीनबहादुर गुरुङले दिएको जग्गाको विषय संसदीय समितिमा पुगेको छ ।

एमालेको केन्द्रीय कार्यालय बनाउन व्यवसायी गुरुङले एमालेलाई दिएको कीर्तिपुरस्थित १० रोपनी १४ आना जग्गाबारेको विवादलाई नेकपा माओवादी केन्द्रले संघीय संसद्‍को संसदीय समितिमा लगेको हो ।

सोमबार गृहमन्त्री रमेश लेखकसमेत उपस्थित राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका सांसद दुर्गा राईले यसबारे प्रश्न उठाएकी हुन् ।

बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, ऐन २०४८ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफलमा सहभागी अख्तियार प्रमुख आयुक्त प्रेमकुमार राईलाई माओवादी सांसद राईले एमालेले लिएको उक्त जग्गा भ्रष्टाचारभित्र पर्छ कि पर्दैन भनेर सोधेकी हुन् ।

‘मीनबहादुर गुरुङबाट कीर्तिपुरको १० रोपनी १४ आना जग्गा सत्तारूढ दलले किन लिएको ? भ्रष्टाचार गर्दिनँ भन्नेले अझ किन लिएको ?’, उनले सोधिन्, ‘एम्नेष्टी इन्टरनेशनले यस्तो कार्यलाई भ्रष्टाचार भनेर परिभाषित गरेको छ। म अख्तियार प्रमुखबाट उत्तर चाहन्छु, त्यो जग्गा लेनदेन प्रकरण भ्रष्टाचार हो कि होइन ?’

कीर्तिपुर नगरपालिकाको मैत्रीनगरस्थित ढुंगेअड्डामा १० रोपनी १४ आना जग्गामा अत्याधुनिक भवन बनाइदिएर अर्को दसैंको घटनास्थापनामा साँचो हस्तान्तरण गर्ने गरी गुरुङले जिम्मा लिएका थिए । त्यहाँ ओलीसहितका एमाले नेताको उपस्थितिमा कार्यालय भवन शिलान्यास पनि भइसकेको छ । तर उक्त जग्गालाई लिएर एमाले नेतृत्वको चर्को आलोचना भइरहेको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८१, सोमबार  ३ : ५८ बजे

चितवन राष्ट्रिय निकुञ्जमा ई–टिकटिङ सुरु

नारायणगढ– चितवन राष्ट्रिय निकुञ्जले पर्यटकका लागि अनलाइनबाटै प्रवेश टिकट काट्न

बागलुङमा अवैध नदीजन्य पदार्थ उत्खनन गर्ने ७० सवारीसाधन कारबाहीमा

बागलुङ-  बागलुङमा पछिल्लो तीन आर्थिक वर्षमा अवैध रूपमा नदीजन्य पदार्थ

उपत्यकाबाट तीन लाख ४८ हजार यात्रु बाहिरिए

काठमाडौँ– नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर

नवरात्रको छैटौँ दिन आज मिथिलामा ‘बेलनौत’ सम्पन्न गरिँदै

महोत्तरी– आज शारदीय नवरात्रको छैटौँ दिन । मधेसको महोत्तरीसहित प्राचीन

भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

चितवन– चितवन सहित पाँच जिल्लाको भूमिगत सिँचाइमा काम गरिरहेको भूमिगत