अख्तियारलाई माओवादीको प्रश्न- एमालेलाई मीनबहादुरको जग्गा दान भ्रष्टाचार हो कि होइन? « Khabarhub

अख्तियारलाई माओवादीको प्रश्न- एमालेलाई मीनबहादुरको जग्गा दान भ्रष्टाचार हो कि होइन?


१२ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बाढी पसिररहँदा बिलखबन्दमा परेको नेकपा एमालेलाई व्यवसायी मीनबहादुर गुरुङले दिएको जग्गाको विषय संसदीय समितिमा पुगेको छ ।

एमालेको केन्द्रीय कार्यालय बनाउन व्यवसायी गुरुङले एमालेलाई दिएको कीर्तिपुरस्थित १० रोपनी १४ आना जग्गाबारेको विवादलाई नेकपा माओवादी केन्द्रले संघीय संसद्‍को संसदीय समितिमा लगेको हो ।

सोमबार गृहमन्त्री रमेश लेखकसमेत उपस्थित राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका सांसद दुर्गा राईले यसबारे प्रश्न उठाएकी हुन् ।

बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, ऐन २०४८ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफलमा सहभागी अख्तियार प्रमुख आयुक्त प्रेमकुमार राईलाई माओवादी सांसद राईले एमालेले लिएको उक्त जग्गा भ्रष्टाचारभित्र पर्छ कि पर्दैन भनेर सोधेकी हुन् ।

‘मीनबहादुर गुरुङबाट कीर्तिपुरको १० रोपनी १४ आना जग्गा सत्तारूढ दलले किन लिएको ? भ्रष्टाचार गर्दिनँ भन्नेले अझ किन लिएको ?’, उनले सोधिन्, ‘एम्नेष्टी इन्टरनेशनले यस्तो कार्यलाई भ्रष्टाचार भनेर परिभाषित गरेको छ। म अख्तियार प्रमुखबाट उत्तर चाहन्छु, त्यो जग्गा लेनदेन प्रकरण भ्रष्टाचार हो कि होइन ?’

कीर्तिपुर नगरपालिकाको मैत्रीनगरस्थित ढुंगेअड्डामा १० रोपनी १४ आना जग्गामा अत्याधुनिक भवन बनाइदिएर अर्को दसैंको घटनास्थापनामा साँचो हस्तान्तरण गर्ने गरी गुरुङले जिम्मा लिएका थिए । त्यहाँ ओलीसहितका एमाले नेताको उपस्थितिमा कार्यालय भवन शिलान्यास पनि भइसकेको छ । तर उक्त जग्गालाई लिएर एमाले नेतृत्वको चर्को आलोचना भइरहेको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८१, सोमबार  ३ : ५८ बजे

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : रेडक्रस

कठमाडौँ– ब्लड बैकमा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदानका

राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु

काठमाडौँ– नेपालका पौराणिक तीर्थस्थलहरूको प्रचार गरी धार्मिक पर्यटनको प्रवर्द्धन, राष्ट्रिय

कालीगण्डकीमाथि बञ्जीको मज्जा (तस्बिर)

बागलुङ– अजङ्गको भीरमा फलामका लठ्ठा तानेर बनाइएको पुल ! देख्दै

इजरायलमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने एग्जिट पोलहरुको प्रक्षेपण

काठमाडौँ– इजरायलमा सम्पन्न आमनिर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम