एलजीका सामान खरिद गर्दा हात खाली नहुने क्यासब्याकसँगै किस्ताबन्दीको सुविधा | Khabarhub Khabarhub

एलजीका सामान खरिद गर्दा हात खाली नहुने क्यासब्याकसँगै किस्ताबन्दीको सुविधा


१२ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सीजी इलेक्ट्रोनिक्सले लाइफ गुड्स (एलजी)का उत्पादनहरू खरिदमा हात खाली नहुने गरी ‘स्कीम’ ल्याएको छ । चाडपर्व लक्षित गरी कम्पनीले एलजीका उत्पादनहरूमा थुप्रै क्यासब्याक अफर र किस्ताबन्दीको सुविधा समेत सार्वजनिक गरेको हो ।

कम्पनीका अनुसार एलजी ब्रान्डका टीभी, फ्रिज, वासिङ मसिन र डिसवासरको खरिदमा उपभोक्ताले थुप्रै छुट सुविधा पाउनेछन् । सीजीसँग हाल ७ देखि २१ केजी क्षमताका विभिन्न वासिङ मसिन उपलब्ध छन् । वासिङ मसिनको न्यूनतम ७४ हजार रुपैयाँदेखि ३ लाख रुपैयाँसम्मको मूल्य पर्ने कम्पनीले जनाएको छ । क्षमताअनुसार वासिङ मेसिनको मूल्य फरक छ । उक्त वासिङ मेसिनको खरिदमा कम्पनीले हातै खाली नहुने गरी उपहारको व्यवस्था पनि गरेको छ ।

सीजीले ‘ड्रिम फर फेस्टिभ अफर’ अन्तर्गत अन द स्पट शून्य प्रतिशतमा इएमआई सुविधा दिएको छ । यसले ग्यारेन्टर नचाहिने, इमएआईमा कुनै शुल्क नलाग्ने, शून्य प्रतिशतको ब्याजदर, एकमुष्ट नगद नचाहिने, बेस्ट डिस्काउन्टमा इएमआई, क्रेडिट कार्ड चाहिनेसहितको सुविधामा किस्ताबन्दी दिएको कम्पनीले जनाएको छ ।

कम्पनीले यो अफर आगामी छठ पर्वसम्म लागू गरेको जनाएको छ । सीजीले जगदबम्बा फाइनान्ससँग सहकार्यका गरी आम उपभोक्तालाई मासिक किस्ताबन्दीको सुविधा दिन थालेको छ । यस्तो किस्ताबन्दी सुविधा सबै वाणिज्य बैंकहरूबाट समेत पाइने छ ।

मासिक किस्ताबन्दीको सुविधा लिन ग्राहकले नजिकैको सीजी डिलरमा सम्पर्क गर्नुपर्ने छ । यस्तो सुविधा लिन नियमित आम्दानी भएका ग्राहकलाई बैंकको आवश्यकता अनुसार क्रेडिटकार्डको सुविधा लिनुपर्ने, सम्बन्धित ग्राहकको लागि एक जना साक्षीको रूपमा काठमाडौंको स्थायी बासिन्दा हुनुपर्ने सर्त छ ।

सर्त पूरा गरेर आउने उपभोक्ताले ३० प्रतिशतको डाउन पेमेन्टको सुविधा वा शून्य प्रतिशतको डाउन पेमेन्टमा एलजीका न्यूनतम २० हजारमाथिका सामानलाई मासिक किस्ताबन्दीको सुविधा प्रयोग गरेर लिन सक्ने छन् ।

त्यस्तैगरी, एलजीको सामानको अवस्था घर वा घरबाहिर भएको बेला समेत थाहा पाउन सकिनेछ । त्यसका लागि कम्पनीले एलजी थिङक्यू नामक एपमार्फत ग्राहकले सजिलै ती सामानहरूको अवस्था र चलाउने तरिकासमेत सिक्न सक्नेछन् ।

यसका तीन वटा क्याटागोरीको वासिङ मसिन प्रयोगमा छ । वासिन मसिनको क्याटागोरी र क्षमता अनुसारको मूल्य फरक फरक रहेको पनि कम्पनीले जनाएकाे छ । सिजीले १८ भदौदेखि चाडपर्व अफरको रूपमा छठसम्मलाई नगद छुटदेखि थप सामान र सेवा पाइने सुविधा दिएको छ । अफरले गर्दा सिजीका उत्पादनमा अन्य बेलाभन्दा अहिले ४० प्रतिशतभन्दा बढीले व्यापारमा वृद्धि भएको कम्पनीले जनाएको छ ।

चौधरी ग्रुपअन्तर्गतको सीजी इलेक्ट्रोनिक्सका सामान बेच्ने सीजी इम्पेक्सका बिक्री महाप्रबन्धक पुरुषोत्तम भण्डारीले आम उपभोक्ताको जीवनमा केही परिवर्तन गर्न र सहजीकरण होस् भनेर कम्पनीले इलेकट्रोनिक सामानहरू उत्पादन गर्दै आएको बताए ।
उनका अनुसार, आम उपभोक्ताको फरक फरक आवश्यकता र मागअनुसार ती सामानहरू उत्पादन गर्दै आएको छ । उनका अनुसार, ४० वर्षदेखि एलजीका उत्पादनहरू आम उपभोक्ताले सर्वाधिक रुचाइरहेको कम्पनीको दाबी छ ।

यस्ता छन् एलजीका सामानहरू छुट र अफरसम्बन्धी जानकारी

अघिल्ला दशैं, तिहार र छठका बेला पनि कम्पनीले एलजीका इलेक्टोनिक उत्पादनको खरिदमा थुप्रै छुट र अफरहरू दिँदै आएको छ । यसपाली पनि कम्पनीले चाडपर्वका बेला विभिन्न सामानमा विभिन्न क्याटेगोरीमा छुट सुविधा, क्यासब्याक अफर र अन्य सुविधा उपलब्ध गराएको छ । एलजीको टीभी खरिद गर्ने ग्राहकहरूले ४० प्रतिशतसम्म क्यासब्याक पाइरहेका छन् । त्यस्तै, रेफ्रिजेरेटर खरिदमा क्यासब्याक, कुक्कर, हिटर, मिक्चर, भ्याकुम क्लिनरलगायतक वासिङ मेसिन किन्ने उपभोक्ताले क्यासब्याक पाउनेछन् ।

त्यस्तै, भ्याकुम क्लिनगर खरिद गर्ने ग्राहकलाइ क्यासब्याक र माइक्रो ओभन किन्ने ग्राहकले घरमा लग्ने बित्तिकै माइक्रो ओभनभित्र किट र भित्र राखेर पकाउने मिल्ने भाँडाहरू समेत पाउन सकिन्छ ।

एलजी ब्रान्डका वासिङ मेसिन, टीभी, फ्रिजहरु आम उपभोक्ताले अत्याधिक रुचाइका छन् । एलजीका उत्पादनहरू देशका सबै सहरहरुमा पाउन सकिन्छ । आम उपभोक्ताले कम्पनीको आफ्नै अनलाईनबाट समेत इलेक्ट्रिक सामान अर्डर गर्न सक्नेछन् ।

त्यस्तै, कम्पनीको आधिकारिक बिक्री कम्पनीहरूबाट समेत ती सामान किन्न सक्नेछन् । कम्पनीका आधिकारिक डिलरहरूबाट समेत ती वस्तुहरू आम उपभोक्ताले खरिद गर्न सक्ने कम्पनीको दाबी छ । देशभर ६०० भन्दा बढी कम्पनीका स्टोरहरू रहेका छन् ।
एलजीका अधिकांश इलेक्ट्रिक उत्पादनहरू कोरियामा बनेका छन् भने कतिपय नेपालमै उत्पादन गरी बजारमा ल्याइसकेको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८१, सोमबार  ४ : ३२ बजे

आजका समाचार : एमालेलाई जग्गादानमा सर्वोच्चको अंकुश, कांग्रेसबाटै घेरिए गृहमन्त्री, रविलाई हिरासतमा नराखी अनुसन्धान गर्न माग

एमालेलाई मीनबहादुरको जग्गादानविरुद्ध सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश   सर्वोच्च अदालतले

कात्तिक १५ देखि १९ सम्म सर्वोच्च अदालत बन्द रहने

काठमाडौं – तिहारको अवसरमा कात्तिक १५ देखि १९ गतेसम्म बन्द

नेपाल र बंगलादेशबीचको फाइनल खेलको टिकट बिक्री स्थगित

काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार हुने

हरिहरलाई प्रश्न : ‘ह्रस्व दीर्घ’को ग्रह कस्तो छ ?

काठमाडौं– ज्योतिषी हरहर अधिकारी केन्द्रीय भूमिकामा रहेको फिल्म ‘ह्रस्व दीर्घ’

राष्ट्रिय नागरिक पुरस्कारबाट युवा अभियन्ता अर्याल सम्मानित

काठमाडौं– राष्ट्रिय नागरिक पुरस्कारबाट युवा अभियन्ता दिवाकर अर्याल पुरस्कृत तथा