गृहमन्त्रीलाई कांग्रेस सांसदकै प्रश्न : यती, ओम्नी, क्यान्टोनमेन्ट र गिरीबन्धुको छानबिन कहाँ पुग्यो ? « Khabarhub

गृहमन्त्रीलाई कांग्रेस सांसदकै प्रश्न : यती, ओम्नी, क्यान्टोनमेन्ट र गिरीबन्धुको छानबिन कहाँ पुग्यो ?


१२ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


756
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ नेपाली कांग्रेसका सांसद हृदयराम थानीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित जोडिएका काण्डको छानबिनबारे संसदीय समितिमा कुरा उठाएका छन् ।

कांग्रेस तत्कालीन अवस्थामा प्रतिपक्षमा हुँदा उठाइएको झापास्थित गिरिबन्धु टी-स्टेट जग्गा बिक्रीकाण्डको अनुसन्धानको प्रगतिबारेमा गृहमन्त्री रमेश लेखकलाई सोधिएको हो ।

राज्य व्यवस्था तथा सुशासन समितिको सोमबार बसेको बैठकमा सांसद थानीले सरकारले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको नामसमेत जोडिएको गिरिबन्धु टी-स्टेट जग्गा बिक्रीकाण्डबारेको अनुसन्धान कहाँ पुग्यो भनेर लेखकलाई सोधेका हुन् ।

‘भ्रष्टाचारका काण्ड उठेका छन् । गिरिबन्धु टी-स्टेट बिक्रीबारे छानबिन कहाँ पुग्यो ? तत्कालीन माओवादी लडाकुकको क्याटोन्मेटमा भएको भनिएको घोटालाको छानबिन कहाँ पुग्यो ?’, उनले आफ्नै दलबाट गृहमन्त्री रहेका लेखकलाई बैठकमा सोधे, ‘यती र ओम्नी प्रकरणको छानबिन अहिले कुन अवस्थामा छ ? यी ठूला भ्रष्टाचा र हिनामिना प्रकरणमा सरकारले छानबिन गर्ने हो कि होइन ?’

सांसद थानीले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रसमेत जोडिएका विगतदेखिका भ्रष्टाचारका मुद्दाबारे सरकारले अनुसन्धान गरे नगरेकोबारेको जवाफ गृहमन्त्री लेखकसँग मागेका हुन् ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली आउने कुरा थियो । तर उनी नआएपछि उनको प्रतिनिधित्व गर्दै गृहमन्त्री लेखक उपस्थित थिए । उनैले सांसदहरूले सोधेका प्रश्नको जवाफ प्रधानमन्त्रीको प्रतिनिधिका रुपमा दिएका थिए ।

सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल भएको छ । प्रधानमन्त्री ओली समितिमा आउने कुरा भए पनि अन्तिम समयमा गृहमन्त्रीलाई प्रतिनिधि बनाएर बैठकमा पठाइयो ।

विधेयकमाथि सैद्धान्तिक छलफलका क्रममा सांसद थानीले भ्रष्टाचार निवारणका लागि सरकारले परिणाम आउने गरी काम गर्नुपर्ने पनि बताए ।

मुलुकमा अति हुन नदि सरकारले ठोस कदम चाल्नु आवश्यक रहेको लेखकको भनाइ थियो । ‘देशमा अति भएमा बिस्फोट हुन्छ भन्ने कुराको ख्याल राखौँ’, उनले सरकारलाई भने, ‘सरकारमा बसेर सबै ठीक छ भन्ने नठान्नुस्, सुधार गरेर परिणाम देखाउन नसके संकट धेरै पर छैन ।’

प्रकाशित मिति : १२ कार्तिक २०८१, सोमबार  ४ : २२ बजे

इरानलाई ट्रम्पको चेतावनी- अमेरिकाले फेरि सैन्य आक्रमण गर्न सक्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै अमेरिकाले

मकवानपुरमा ५२ सवारी दुर्घटना, छ जनाको मृत्यु

बागमती– मकवानपुर जिल्लामा असोज महिनामा ५२ वटा सवारी दुर्घटना भएका

बाजुराको चारवटा वडा सडक सञ्जालको पहुँच बाहिर

बाजुरा– जिल्लाका चारवटा वडामा अझै सडक सञ्जालको पहुँच पुग्न सकेको

बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने 

म्याग्दी– बाढीपहिरो र नदी कटानले क्षतविक्षत बनेको म्याग्दीको बेनी–दरवाङ–मुना सडक

फ्रान्समा पहिलोपटक मानिसमा शामोन्डा भाइरस पुष्टि, सङ्क्रमितको मृत्यु

पेरिस– फ्रान्समा पहिलोपटक मानिसमा शामोन्डा भाइरसको सङ्क्रमण पुष्टि भएको छ। सङ्क्रमित व्यक्तिको