गृहमन्त्रीलाई कांग्रेस सांसदकै प्रश्न : यती, ओम्नी, क्यान्टोनमेन्ट र गिरीबन्धुको छानबिन कहाँ पुग्यो ? « Khabarhub

गृहमन्त्रीलाई कांग्रेस सांसदकै प्रश्न : यती, ओम्नी, क्यान्टोनमेन्ट र गिरीबन्धुको छानबिन कहाँ पुग्यो ?


१२ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


756
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ नेपाली कांग्रेसका सांसद हृदयराम थानीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित जोडिएका काण्डको छानबिनबारे संसदीय समितिमा कुरा उठाएका छन् ।

कांग्रेस तत्कालीन अवस्थामा प्रतिपक्षमा हुँदा उठाइएको झापास्थित गिरिबन्धु टी-स्टेट जग्गा बिक्रीकाण्डको अनुसन्धानको प्रगतिबारेमा गृहमन्त्री रमेश लेखकलाई सोधिएको हो ।

राज्य व्यवस्था तथा सुशासन समितिको सोमबार बसेको बैठकमा सांसद थानीले सरकारले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको नामसमेत जोडिएको गिरिबन्धु टी-स्टेट जग्गा बिक्रीकाण्डबारेको अनुसन्धान कहाँ पुग्यो भनेर लेखकलाई सोधेका हुन् ।

‘भ्रष्टाचारका काण्ड उठेका छन् । गिरिबन्धु टी-स्टेट बिक्रीबारे छानबिन कहाँ पुग्यो ? तत्कालीन माओवादी लडाकुकको क्याटोन्मेटमा भएको भनिएको घोटालाको छानबिन कहाँ पुग्यो ?’, उनले आफ्नै दलबाट गृहमन्त्री रहेका लेखकलाई बैठकमा सोधे, ‘यती र ओम्नी प्रकरणको छानबिन अहिले कुन अवस्थामा छ ? यी ठूला भ्रष्टाचा र हिनामिना प्रकरणमा सरकारले छानबिन गर्ने हो कि होइन ?’

सांसद थानीले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रसमेत जोडिएका विगतदेखिका भ्रष्टाचारका मुद्दाबारे सरकारले अनुसन्धान गरे नगरेकोबारेको जवाफ गृहमन्त्री लेखकसँग मागेका हुन् ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली आउने कुरा थियो । तर उनी नआएपछि उनको प्रतिनिधित्व गर्दै गृहमन्त्री लेखक उपस्थित थिए । उनैले सांसदहरूले सोधेका प्रश्नको जवाफ प्रधानमन्त्रीको प्रतिनिधिका रुपमा दिएका थिए ।

सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल भएको छ । प्रधानमन्त्री ओली समितिमा आउने कुरा भए पनि अन्तिम समयमा गृहमन्त्रीलाई प्रतिनिधि बनाएर बैठकमा पठाइयो ।

विधेयकमाथि सैद्धान्तिक छलफलका क्रममा सांसद थानीले भ्रष्टाचार निवारणका लागि सरकारले परिणाम आउने गरी काम गर्नुपर्ने पनि बताए ।

मुलुकमा अति हुन नदि सरकारले ठोस कदम चाल्नु आवश्यक रहेको लेखकको भनाइ थियो । ‘देशमा अति भएमा बिस्फोट हुन्छ भन्ने कुराको ख्याल राखौँ’, उनले सरकारलाई भने, ‘सरकारमा बसेर सबै ठीक छ भन्ने नठान्नुस्, सुधार गरेर परिणाम देखाउन नसके संकट धेरै पर छैन ।’

प्रकाशित मिति : १२ कार्तिक २०८१, सोमबार  ४ : २२ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी