टीसीएल ब्रान्डका सामान किन्दा सीएमएफ फोन जित्न सकिने « Khabarhub

टीसीएल ब्रान्डका सामान किन्दा सीएमएफ फोन जित्न सकिने


१२ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चौधरी ग्रुपको आधिकारिक बिक्रेता रहेको अन्तर्राष्ट्रिय ब्रान्ड टीसीएल ब्रान्डका सामान किन्दा ‘लक्की ड्र’ मार्फत सीएमएफ फोन जित्ने भएका छन् ।

टीसीएल ब्रान्डका इलेकट्रोनिक्स सामान खरिद गर्नेले ‘लक्की ड्र’ का माध्यमबाट ५ जना विजेताले सीएमएफ फोन–१ जित्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार उपभोक्ताले टीसीएल ब्रान्डको ९८ रेन्जको टिभीसहित विद्युतीय उपकरण किन्ने ग्राहकमध्येबाट ५ जना बिजेताले सीएमएस फोन-१ जित्न सक्नेछन् ।

कम्पनीका अनुसार, टीसीएल ब्रान्डका सामान किन्दा १ लाख ६३ हजार ५०० रुपैयाँ बराबरको क्यासब्याक पाउन सक्नेछन् । टीसीएल ब्रान्ड ग्लोबलमा टप १ गुगल टीभी कम्पनी हो ।

भाद्र २३ गतेदेखि चाडपर्व लक्षित योजना अन्तर्गत ‘सेलिब्रेट ग्रेटनेस टुगेदर’ भन्ने नाराका साथ कम्पनीले विभिन्न विद्युतीय उपकरणको खरिदमा क्यासब्याक, १० वर्षे वारेन्टी, जडान, एक्स एक्सचेन्ज एन्ड इएमआइ लगायतका सुविधा कम्पनीले उपलब्ध गराएको छ ।

टीसीएल ब्रान्डका एलइडी टीभी ३२ रेन्जदेखि ९८ रेन्जसम्मका विभिन्न मूल्यमा उपलब्ध छन् । नर्मल, स्मार्ट, यूएचडी, क्यूएलइडी, क्यूडी–मिनी एलइडीको मूल्य २६ हजार ८९० देखि ८ लाख १२ हजार ४९० रुपैयाँसम्म पर्नेछ ।

टीसीएल ब्रान्डकै साउन्ड बारको खरिद गर्दा १२ हजार २९० देखि १९ हजार ७९० रुपैयाँ मूल्य पर्नेछ ।  एयर  कन्डीसनरहरु कम्पनीले ५५ हजार ९९० देखि २ लाख ४५ हजार ९९० रुपैयाँसम्म मूल्यमा बिक्री गरिरहेको छ । सोही ब्रान्डका वाटर डिस्पेन्सरहरु पनि विभिन्न मोडेलमा फरक फरक मूल्यमा उपलब्ध छन् । जसको मूल्य ४ हजार ९९० देखि १६ हजार ९९० रुपैयाँसम्म पर्नेछ ।

टीसीएल ब्रान्डकै रेफ्रिजेरेटरको खरिदमा पनि भारी छुट पाउने कम्पनीको दाबी छ । मल्टी डोर रेफ्रिजेरेटरको खरिदमा उपभोक्ताले ३० हजार १०० रुपैयाँ क्यासब्याक पाउनेछन् । जसको मूल्य १ लाख १३ हजार ५९० रुपैयाँ पर्नेछ । साइड बाइ साइट रेफ्रिजेरेटरको मूल्य १ लाख ४ हजार २९० रुपैयाँ पर्नेछ ।  जसमा २७ हजार ६०० रुपैयाँ छुट दिएको कम्पनीले जनाएको छ ।

त्यस्तै, सीजीको फ्रन्ट लोड वासिङ मेसिनको खरिदमा उपभोक्ताले १५ हजार ७०० रुपैयाँसम्म क्यासब्याक पाउन सक्नेछन् । ८ केजी देखि १० केजीसम्म क्षमताका वासिङ मेसिनको मूल्य ५२ हजार ४९० देखि ६९ हजार ७९० रुपैयाँसम्म पर्ने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८१, सोमबार  ५ : ०५ बजे

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

बुटवल – सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा (माओवादी) र नेपाली सेनाबीच

हिमनदी पग्लिँदा खुल्दैछ स्विट्जरल्यान्डको इतिहास

एजेन्सी– जलवायु परिवर्तनका कारण स्विट्जरल्यान्डका हिमनदी तीव्र गतिमा पग्लिन थालेपछि

इक्वेडरको जेलमा झडप, आठ कैदीको मृत्यु

एजेन्सी– इक्वेडरका दुई जेलमा बिहीबार भएको झडपमा आठ कैदीको मृत्यु

अन्तर्राष्ट्रिय सहकार्य औपचारिक संरचनाभन्दा परिणाममुखी हुनुपर्छ : भारतीय विदेशमन्त्री जयशंकर 

काठमाडौँ– भारतीय विदेशमन्त्री एस जयशंकरले अन्तर्राष्ट्रिय सहकार्यलाई सबै अवस्थामा औपचारिक

थोरङला पास हुँदै दुई सातामा ७७२ पर्यटक मुस्ताङमा

मुस्ताङ– लमजुङको बेँसीसहरबाट मनाङ हुँदै थोरङला पास छिचोल्दै पछिल्लो दुई