टीसीएल ब्रान्डका सामान किन्दा सीएमएफ फोन जित्न सकिने « Khabarhub

टीसीएल ब्रान्डका सामान किन्दा सीएमएफ फोन जित्न सकिने


१२ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चौधरी ग्रुपको आधिकारिक बिक्रेता रहेको अन्तर्राष्ट्रिय ब्रान्ड टीसीएल ब्रान्डका सामान किन्दा ‘लक्की ड्र’ मार्फत सीएमएफ फोन जित्ने भएका छन् ।

टीसीएल ब्रान्डका इलेकट्रोनिक्स सामान खरिद गर्नेले ‘लक्की ड्र’ का माध्यमबाट ५ जना विजेताले सीएमएफ फोन–१ जित्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार उपभोक्ताले टीसीएल ब्रान्डको ९८ रेन्जको टिभीसहित विद्युतीय उपकरण किन्ने ग्राहकमध्येबाट ५ जना बिजेताले सीएमएस फोन-१ जित्न सक्नेछन् ।

कम्पनीका अनुसार, टीसीएल ब्रान्डका सामान किन्दा १ लाख ६३ हजार ५०० रुपैयाँ बराबरको क्यासब्याक पाउन सक्नेछन् । टीसीएल ब्रान्ड ग्लोबलमा टप १ गुगल टीभी कम्पनी हो ।

भाद्र २३ गतेदेखि चाडपर्व लक्षित योजना अन्तर्गत ‘सेलिब्रेट ग्रेटनेस टुगेदर’ भन्ने नाराका साथ कम्पनीले विभिन्न विद्युतीय उपकरणको खरिदमा क्यासब्याक, १० वर्षे वारेन्टी, जडान, एक्स एक्सचेन्ज एन्ड इएमआइ लगायतका सुविधा कम्पनीले उपलब्ध गराएको छ ।

टीसीएल ब्रान्डका एलइडी टीभी ३२ रेन्जदेखि ९८ रेन्जसम्मका विभिन्न मूल्यमा उपलब्ध छन् । नर्मल, स्मार्ट, यूएचडी, क्यूएलइडी, क्यूडी–मिनी एलइडीको मूल्य २६ हजार ८९० देखि ८ लाख १२ हजार ४९० रुपैयाँसम्म पर्नेछ ।

टीसीएल ब्रान्डकै साउन्ड बारको खरिद गर्दा १२ हजार २९० देखि १९ हजार ७९० रुपैयाँ मूल्य पर्नेछ ।  एयर  कन्डीसनरहरु कम्पनीले ५५ हजार ९९० देखि २ लाख ४५ हजार ९९० रुपैयाँसम्म मूल्यमा बिक्री गरिरहेको छ । सोही ब्रान्डका वाटर डिस्पेन्सरहरु पनि विभिन्न मोडेलमा फरक फरक मूल्यमा उपलब्ध छन् । जसको मूल्य ४ हजार ९९० देखि १६ हजार ९९० रुपैयाँसम्म पर्नेछ ।

टीसीएल ब्रान्डकै रेफ्रिजेरेटरको खरिदमा पनि भारी छुट पाउने कम्पनीको दाबी छ । मल्टी डोर रेफ्रिजेरेटरको खरिदमा उपभोक्ताले ३० हजार १०० रुपैयाँ क्यासब्याक पाउनेछन् । जसको मूल्य १ लाख १३ हजार ५९० रुपैयाँ पर्नेछ । साइड बाइ साइट रेफ्रिजेरेटरको मूल्य १ लाख ४ हजार २९० रुपैयाँ पर्नेछ ।  जसमा २७ हजार ६०० रुपैयाँ छुट दिएको कम्पनीले जनाएको छ ।

त्यस्तै, सीजीको फ्रन्ट लोड वासिङ मेसिनको खरिदमा उपभोक्ताले १५ हजार ७०० रुपैयाँसम्म क्यासब्याक पाउन सक्नेछन् । ८ केजी देखि १० केजीसम्म क्षमताका वासिङ मेसिनको मूल्य ५२ हजार ४९० देखि ६९ हजार ७९० रुपैयाँसम्म पर्ने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८१, सोमबार  ५ : ०५ बजे

इरानी युरेनियमको भण्डार विदेशमा स्थानान्तरण गर्न सकिँदैन : खामेनी

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले एक निर्देशन जारी

गण्डकीमा वर्षा, नेपालगञ्ज र दिपायलको तापक्रम ४१ डिग्री

काठमाडौं – पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी

मधेसमा एमालेका मोहम्मद समिर बने विना विभागीय मन्त्री, जसपाका तीन जना बर्खास्त

काठमाडौं – मधेस प्रदेश सरकारमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ ।

मधेस प्रदेशमा जसपा नेपालको संसदीय दलका नेतामा यादव चयन

जनकपुर – मधेस प्रदेशमा जनता समाजवादी पार्टी नेपालका संसदीय दलको

काभा महिला भलिबल च्याम्पियनसिप : शुक्रबार नेपालले भारतसँग खेल्ने

काठमाडौं – शुक्रबारदेखि राजधानीमा काभा महिला भलिबल च्याम्पियनसिप सुरु हुँदैछ