‘एलजी क्यूनेड टिभी’ सार्वजनिक, यस्ता छन् विशेषताहरू | Khabarhub Khabarhub

‘एलजी क्यूनेड टिभी’ सार्वजनिक, यस्ता छन् विशेषताहरू


१२ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सीजी इलेक्ट्रोनिक्सको एलजी ब्रान्डले ‘एलजी क्युनेड टिभी’ बजारमा सार्वजनिक गरेको छ ।

क्युनेड टीभीमा क्वान्टम डट र न्यानो सेल प्रविधि प्रयोग गरिएका छन् । यी दुई उन्नत डिसप्ले प्रविधिको मर्जर गरेर एलजी क्युनेड टिभी निर्माण गरिएको कम्पनीकाे दाबी छ । जसले अतुलनीय रंग गहिराइ, चमक र स्पष्टता प्रदान गर्दछ  ।

कम्पनीका प्रतिनिधि भन्छन्, ‘यी नवप्रवर्तनहरू उपभोक्ताहरूको बढ्दो मागलाई पूरा गर्नका लागि डिजाइन गरिएको हो । जसले अझ बढी प्रभावशाली र जीवन्त दृश्यहरू प्रदान गर्दछ ।’

समयअनुकूल परिमार्जित उच्च गुणस्तरको एलजी क्युनेड टीभीले नेपालको घरको मनोरञ्जनमा क्रान्ति ल्याउने कम्पनीको दाबी छ।

सिजी इलेक्ट्रोनिक्स कम्पनीका अनुसार एलजी ब्रान्डले आफ्नो प्रतिबद्धता अनुरूप उच्च गुणस्तरको दृश्य अनुभव प्रदान गर्दै विश्वव्यापी रूपमा हरेक घरको मनोरञ्जन क्षेत्रमा उत्कृष्टताका प्रदान गरेको छ।

एलजी क्युनेड टिभीका विशेषताहरू : 

– क्वान्टम डट र न्यानो सेल प्रविधिलाई मिलाएर सबैभन्दा तेज र जीवन्त राख्ने खालका दृश्य प्रदान गर्दछ ।

– स्मार्ट प्रविधिको विस्तार गर्दै अल्फा फाइभ एआई प्रोसेसर फोरके जेनेरेसन सेभेनु बाट हरेक फ्रेमलाई वास्तविक समयमा अनुकूलित गर्छ। नजिकको दृश्यमा एआई प्रोसेसरले चित्र र ध्वनिलाई स्वचालित रूपमा समायोजन गर्छ।

– ध्वनि प्रविधिमा भर्चुअल सराउन्ड साउन्डसहितको एआई साउन्ड प्रो उपलब्ध छ। यसले ब्लकबस्टर फिल्म होस् वा दर्शकको मन पर्ने टिभी शो होस् ती सबैमा ध्वनिलाई प्रभावशाली बनाउँछ ।

– एलजी क्युनेड टीभीले हाई डाइनामिक रेन्ज (एचडीआर) सपोर्ट गर्दछ, जसले कन्ट्रयास्ट र उज्यालोपनलाई बढाएर प्रत्येक दृश्यलाई अधिक गतिशील र रोचक बनाउँछ ।

– अँध्यारो दृश्यहरूमा उत्तम स्पष्टता प्रदान गर्नुका साथै प्रकाश स्तरलाई अनुकूल बनाउन लोकल डिमिङ प्रविधिको प्रयोग गरिएको छ।

– पुराना शो र फिल्महरू पनि ताजा र जोवन्त देखाउन एआई अपस्केलिंग तथा स्क्रिनको उज्यालोपन नियन्त्रण गर्न फोरके गुणस्तर उपलब्ध छ ।

– फिल्ममेकर मोडले चलचित्रको सिनेम्याटिक औथेन्टिसिटी जोगाउन मद्दत गर्दछ, जसले फिल्म र टिभी शोहरू सिर्जनाकर्ताले बनाएको मौलिक सिर्जना जस्ताको तस्तै देखिने सुनिश्चित गर्छ ।

– एलजीको ग्राहकलाई पछिल्लो प्राविधिक विकाससँग अद्यावधिक राख्ने निरन्तर प्रतिबद्धताको हिस्सा रूपमा, वेबओएस रिन्यु प्रोग्रामले ग्राहकले टिभी किन्ने पाँच वर्षसम्म वेबओएस अपडेटहरू प्राप्त गर्न सुनिश्चित गर्दछ । यसको अर्थ टिभीका ग्राहकहरूले हरेक वर्ष सफ्टवेयर अपडेटहरू अनुभव गर्नेछन्, जसले गर्दा उनीहरूको टिभी स्मार्ट, छिटो र सुरक्षित रहनेछ। यो पाँच वर्षको लागि हरेक वर्ष नयाँ टिभी पाउनु जत्तिकै हो ।

प्रकाशित मिति : १२ कार्तिक २०८१, सोमबार  ५ : ४४ बजे

सल्यानमा मिनी ट्रक दुर्घटना हुँदा तीनको मृत्यु, आठ घाइते

दाङ – सल्यानमा मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु

आजका समाचार : एमालेलाई जग्गादानमा सर्वोच्चको अंकुश, कांग्रेसबाटै घेरिए गृहमन्त्री, रविलाई हिरासतमा नराखी अनुसन्धान गर्न माग

एमालेलाई मीनबहादुरको जग्गादानविरुद्ध सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश   सर्वोच्च अदालतले

कात्तिक १५ देखि १९ सम्म सर्वोच्च अदालत बन्द रहने

काठमाडौं – तिहारको अवसरमा कात्तिक १५ देखि १९ गतेसम्म बन्द

नेपाल र बंगलादेशबीचको फाइनल खेलको टिकट बिक्री स्थगित

काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार हुने

हरिहरलाई प्रश्न : ‘ह्रस्व दीर्घ’को ग्रह कस्तो छ ?

काठमाडौं– ज्योतिषी हरहर अधिकारी केन्द्रीय भूमिकामा रहेको फिल्म ‘ह्रस्व दीर्घ’