म्यानचेस्टर युनाइटेडले बर्खास्त गर्‍यो प्रमुख प्रशिक्षक टेन हागलाई « Khabarhub

म्यानचेस्टर युनाइटेडले बर्खास्त गर्‍यो प्रमुख प्रशिक्षक टेन हागलाई


१२ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


474
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले मुख्य प्रशिक्षकमा एरिक टेन हागलाई बर्खास्त गरेको छ । करिब साढे २ वर्ष नेतृत्व रहँदा क्लबले आशातित प्रगति नगरेपछि बर्खास्त गरिएको हो ।

गएराति भएको इङ्लिस प्रिमियर लिगको खेलमा वेस्टह्यामसँग २-१ ले पराजित भएसँगै टेन हागको पद धरापमा परेको थियो । उनलाई बर्खास्त गर्ने तयारी यसअघि नै भएको थियो ।

डच प्रशिक्षक उनलाई टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी सुम्पिँदा युनाइटेड झन् झन् ओरालो यात्रामा थियो ।

टेन हाग र युनाइटेडबीच सन् २०२५ जुनसम्मका लागि सम्झौता भएको थियो । तर त्यसको करिब ६ महिनाअघि नै उनलाई क्लबले बर्खास्त गरेको हो ।

प्रिमियर लिगको जारी सिजनमा खराब लयमा रहेको युनाइटेड अहिले अंकतालिकाको १४ औँ स्थानमा छ । लिग लिडर तथा उसको सहरी प्रतिद्वन्द्वी म्यानचेस्टर सिटी २३ अंकसहित पहिलो स्थानमा हुँदा युनाइेटडको हातमा ११ अंक मात्रै छ ।

टेन हाग बर्खास्तीमा परेसँगै युनाइटेडले गत सिजन क्लबमा सहायक प्रशिक्षकका रुपमा जोडिएका रुड भान निस्टेलरुयलाई अन्तिरम प्रशिक्षक बनाएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८१, सोमबार  ५ : ५० बजे

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने