गोदरेजले ल्यायो चाडपर्व अफर, सामान किन्दा क्यासब्याक र उपहार « Khabarhub

गोदरेजले ल्यायो चाडपर्व अफर, सामान किन्दा क्यासब्याक र उपहार


१२ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सीजी इलेक्ट्रोनिक्सअन्तर्गत गोदरेजले ‘गोदरेज ब्रान्ड’का सामान किन्दा उपभोक्ताले रियल क्यासब्याक ३१ हजार ५०० रुपैयाँ, अन्य सुविधाहरु दश वर्षे वारेन्टी, जडान र एक्सचेन्ज पाउने अफर ल्याएको छ  ।

कम्पनीका अनुसार यो अफर छठ पर्वसम्म लागू हुनेछ । गोदरेजका सामान सीजी इलेकट्रोनिक्समार्फत खरिद गर्न सकिने छ ।

कम्पनीका अनुसार गोदरेज ब्रान्डको साइट बाइ साइट रेफ्रिजेरेटरको खरिदमा ३१ हजार ५०० र २९ हजार ३०० रुपैयाँ क्यासब्याक पाउन सकिनेछ । जसको मूल्य क्रमशः १ लाख १८ हजार ४९० र १ लाख १० हजार ६९० रुपैयाँ पर्छ ।

‘फेस्टिभलको सिजन’ मा गोदरेज ब्रान्डका घरायशी विद्युत्तीय उपकरणहरु क्यासब्याक र अफरसहित यो योजना लागू गरिएको सीजी इलेक्ट्रोनिक्सका गोदरेज ब्रान्डका सेल्स म्यानेजर बिष्णु ज्ञवाली बताउँछन्  ।

‘उत्पादको गुणस्तर र मूल्य हेरेर सामान खरिद गर्ने हुँदा नेपाली उपभोक्ताका लागि एफटेबल मूल्यमा बिक्री गरिरहेको बताए । उनका अनुसार, चाडपर्वलक्षित योजना भएकाले पनि नर्मल समयभन्दा अहिले गोदरेज ब्रान्डका उत्पादनको बिक्री राम्रो भएको हो । गोदरेज ब्रान्डका खासगरी फ्रिज र वासिङ मेसिन उपलब्ध छन् ।

प्रकाशित मिति : १२ कार्तिक २०८१, सोमबार  ६ : १५ बजे

रौतहट क्षेत्र नंं ४ को मतगणना जारी

चन्द्रपुर– बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनको रौतहट क्षेत्र नं ४

मतगणनाको प्रारम्भिक नतिजा : देशभर रास्वपाको अग्रता, कांग्रेस र एमाले धेरै पछाडि

काठमाडौँ – बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

बेलबारी– बेलबारी नगरपालिका– १० स्थित सिर्जना सामुदायिक वन क्षेत्रमा जङ्गली

आज अधिकांश स्थानमा मौसम सफा रहने 

काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश स्थानमा

आज २०८२ साल फागुन २२ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन २२ गते शुक्रबार चैत